Erani Mahal
रामपुरमा नयाँ प्रहरी प्रमुखसँग अन्तरक्रिया
66-1

पाल्पा - सरुवा भइ आउनुभएका इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी प्रमुख भीम बहादुर कार्कीले सरोकारवाला संग परिचयात्मक तथा अन्तरक्रिया कार्यक्रम गर्नु भएको छ ।

कार्यालय प्रमुखको जिम्मेवारी सहित आउनुभएका प्रहरी निरीक्षक कार्कीले रामपुर क्षेत्रको शान्ति सुरक्षाको अवस्थाको बारेमा जानकारी लिनुभयाे । कार्यक्रममा सहभागी जनप्रतिनिधी, राजनैतिक दल, रामपुर स्थित सरकारी कार्यालयका प्रमुख, रामपुर उद्योग वाणिज्य संघ, यातायात व्यवसायी, विद्यालयका प्रधानाध्यापक,सञ्चारकर्मी, विभिन्न संघ संस्थाका प्रतिनिधिसँग प्रतिक्रिया लिएर समाजको हरेक भुमिकामा सकारात्मक प्रगतिको लागि प्रहरी खटिनेमा प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

कार्यक्रममा सरोकारवालाहरुले बढ्दो शहरीकरण, रामपुरबाट आवत-जावत गर्ने नाकाहरु धेरै भएकाले अपराधिक क्रियाकलाप नियन्त्रणका लागि दरबन्दी अभाव भएको बताएका थिए । उनीहरुले रामपुरलाई सुरक्षा निकायले हेर्ने दृष्टिकोण फरक भएकाले यसलाई परिवर्तन गरी सरोकारवालाहरुसँंग समन्वय गर्दै अघि बढ्न आग्रह गरे ।

सहभागीहरुले रामपुर क्षेत्रका सडकमा ब्रेकरको संख्या बढ्दै गएको भन्दै यस विषयमा छलफल गरी समस्या समाधानका लागि पहल गरिदिन आग्रह गर्दै अपराधिक क्रियाकलापहरुको विरुद्धमा प्रहरीलाई साथ दिन सदैव तप्पर रहेको बताएका थिए ।

प्रहरी निरीक्षक कार्कीले सरोकारवालाहरुको सुझावलाई सिरोपर गर्दै शान्ति सुरक्षा कायम गर्न लागि पर्ने बताउनुभयो । पाल्पा जन्मथलो रहेको स्मरण गराउदै उहाँले समाजसँग सहकार्य गर्दै अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

पछिल्लो समय घटनाका प्रकृति फेरिएको बताउदै अपराधिको कुनै जात, धर्म, वर्ग र पार्टी नहुने भन्दै पिडितलाई न्याय र दोषीलाई सजाय दिलाएरै छाड्ने प्रतिवद्धता जनाउनुभयो । निरीक्षक कार्कीले नागरिक पनि समाजको प्रहरी भएको भन्दै अपराधिक क्रियाकलापको निगरानी गरी सूचना दिन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update