Erani Mahal
पाल्पाकाे भूतखाेलामा भेटिएकाे कंकालकाे पहिचान खुल्याे
dddddd

पाल्पा - जिल्लाको तिनाउ गाउँपालिका–३, भूतखोला नजिकै जङ्गलमा फेला परेको मानव कंकालकाे पहिचान भएको छ । मानव कंकालसँगै फेला परेको कपडा, झोला, मोबाइलबाट शवको पहिचान भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

उक्त मानव कंकाल तानसेन–१३, छेर्लुङ्का १९ वर्षिय अभिषेक भट्टराईको रहेको पाल्पा प्रहरीले पुष्टि गरेकाे छ । पुष्टि भएसँगै कंकाल र फेला परेकाे सामग्री परिवारलाइ बुझाइएकाे छ ।

तानसेनस्थित जनता माविमा कक्षा–१२ को परीक्षा दिएपछि बुटवलस्थित होटल ड्रिमलेण्ड हाेटलमा कुक सम्बन्धी तालिम सिक्दै गरेका भट्टराई २०७६ असार २६ गतेदेखि बेपत्ता भएका थिए । होटलमा तालिम लिन गएका भट्टराई घर नफर्केपछि परिवारले खोजविन गरेपनि भट्टराईको अवस्था पत्ता लागेको थिएन ।

उनले भूतखोला नजिकै जङ्गलमा गएर रुखमा झुण्डिएर आत्महत्या गरेको बुझिएको छ । भूतखाेलमा भेटिएकाे कंकालकाे पाेष्टमार्टम गरी परिवारलाइ बुझाइएकाे छ ।

प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  १५:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update