Erani Mahal
जिसस पाल्पाका प्रमुखकाे तानसेनमा श्रद्धान्जली सभा (तस्विर सहित)
daya-sok-sava

पाल्पा – जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालको निधनमा तानसेनमा श्रद्धाञ्जलीसभा र शबयात्रा गरिएको छ ।

प्रमुख बस्यालको काठमाडौँस्थित मनमोहन कार्डियोलोजी तथा भास्कुलर सेन्टरमा उपचारको क्रममा बिहीबार दिउँशो निधन भएको थियो ।


श्रद्धाञ्जली सभामा ५ नं. प्रदेशका भौतिक पूर्वाधार मन्त्री बैजनाथ चौधरी, नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेय, अर्का केन्द्रीय सदस्य तुलाराम घर्तीमगर बसन्त, केन्दीय सदस्य ठाकुर गैरे, जिल्ला अध्यक्ष नारायणप्रसाद आचार्य, नेपाली कांग्रेस पाल्पाका सभापति वीरबहादुर राना सहभागी हुनुभएकाे थियाे ।

जिसस पाल्पाका उपप्रमुख मिरा मरासिनी, प्रमुख जिल्ला अधिकारी उमेशप्रसाद ढकाल, प्रहरी उपरीक्षक दिपेन्द्र जिसी, तानसेन नगरपालिकाका प्रमुख अशाेककुमार शाही, रिब्दीकाेट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, रैनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की लगायतका नेताकाे सहभागिता रहेकाे थियाे । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, पाल्पाका उद्याेगी, व्यापारी, पत्रकार, नेता कार्यकर्ता शुभचिन्तकले अन्तिम श्रद्धान्जली दिनुभएकाे थियाे ।

हेर्नुहाेस् तस्बिरमा

प्रकाशित मिति: शुक्रबार, मंसिर ६, २०७६  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update