Erani Mahal
पाल्पाकाे बल्ढेङ्गढीमा एकल महिलामाथि कुटिपट
kutpit-1

पाल्पा - पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ बल्ढेङकी एक जना एकल महिलामाथि हातपात भएको छ । बल्ढेङकी ५२ वर्षीया एकल महिला कौशिला गाहालाई सोही स्थानका ४२ वर्षीय सोमबहादुर रायमाझीले कुटपिट गरेका हुन् ।


खरबारीमा घाँस काट्ने क्रममा गत शुक्रबार सीमाना मिचेको भन्दै रायमाझीले कुटपिट गरेको गाहाले बताउनुभयो । कुटपिटपछि शरीर सुन्निएको र एक्सरे गराई औषधी सेवन गरिरहेको गाहाले बताउनुभयो ।

गाहाले भन्नुभयो, ‘सोमबहादुरले हातपात गर्दा मेरो नाकको फूली पनि हराएको थियो, मैले पछि भेटाएं ।’ शरीर सुन्निएकाले औषधी सेवन गरिरहको उहाँले बताउनुभयो । कुटपिट भएपछि गाहाले जिल्ला प्रहरी कार्यालय पाल्पामा उजुरी दिनुभएको छ ।

तर कुटपिट गर्ने रायमाझी फरार रहेको स्रोतले जनाएको छ । कुटपिटमा संलग्न रायमाझीलाई पक्राउ गर्न प्रहरी खटाइएको प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जानकारी दिनुभयो । यसअघि पनि रायमाझीले गाविस सचिव हुमबहादुर कुँवर, आफ्नै दाजुलाइ समेत कुटेका थिए ।

प्रकाशित मिति: बिहीबार, मंसिर ५, २०७६  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update