Erani Mahal
पाल्पाकाे भूतखाेला नजिकै बेवारिसे मानव कंकाल फेला
76618285_2949887501702440_5091727069922983936_o-1

पाल्पा – तिनाउ गाउँपालिका–३, भूतखोला नजिकै जंगलमा वेवारिसे मानव कंकाल भेटिएको छ । भूतखोला नजिकैको जंगलमा नचिनेको मानिसको कंकाल भेटिएको प्रहरीले जनाएको छ । उक्त कंकाल कस्को हो अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तस्विर स्राेत : कृष्ण पाण्डेकाे फेसबुक पेजबाट ।


कंकालको अवस्था हेर्दा मानिस झुण्डिएको हुन सक्ने अनुमान गरिएको छ । यद्यपी अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । कंकालसँगै अनेरास्ववियु (क्रान्तिकारी) लेखिएको टिसर्ट पनि फेला परेको छ । उक्त टिसर्ट तत्कालिन माओवादी केन्द्र निकट अनेरास्वियु क्रान्तिकारीले वितरण गरेको विद्यार्थी संगठनका नेता पदम सोमैले बताउनुभएको छ । सोमैले २०७३ सालमा संगठनले वितरण गरेको टिसर्ट फेला परेकोमा ध्यानाकर्षण भएको बताउनुभएको छ ।

तस्विर स्राेत : कृष्ण पाण्डेकाे फेसबुक पेजबाट ।

अनेरास्ववियु (क्रान्तिकारी) तत्कालित नेकपा माओवादी केन्द्र, विप्लव निकट नेकपा, मोहन बैद्य निकट क्रान्तिकारी माओवादीको संगठनको नाम हो । यद्यपी कुन पार्टी निकट संगठनको हो भन्ने पुष्टि भइसकेको छैन ।

कंकाल कति समय पुरानाे हाे र महिलाकाे हाे कि पुरूषकाे हाे भन्ने अझै पुष्टि हुन सकेकाे छैन ।

प्रकाशित मिति: बुधबार, मंसिर ४, २०७६  १९:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update