Erani Mahal
पाल्पामा भारतका प्रधानमन्त्री नरेन्द्र माेदीकाे शब यात्रा निकालियाे
IMG_2691

पाल्पा - राष्ट्रिय जनमोर्चा पाल्पाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शव यात्रा गरेकाे छ । पाल्पा जिल्ला सदरमुकाम तानसेनमा जनमाेर्चाले माेदीकाे शबयात्रा निकालेकाे हाे । भारतले सार्वजनिक गरेकाे राजनीतिक नक्सामा नेपालकाे भूभाग परेकाे भन्दै जनमाेर्चा लगायतका सबै दलहरूले यसकाे बिराेध गर्दै आएका छन् ।

भारतले जारी गरेकाे नक्सामा नेपालकाे लिपुलेक, कालापानी र लिम्पीयाधुरा नेपालकाे भूभाग हाे । भारतले नेपालकाे भूभाग र सार्वभाैमसत्तामाथि हस्तक्षेप गर्न खाेजेकाे भन्दै प्रधानमन्त्री नरेन्द्र माेदीकाे बिराेध गर्नु परेकाे जनमाेर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीले बताउनुभयाे । उहाँले नेपाली भूभागलाइ भारतले दावी गर्न नछाडेसम्म आन्दाेलन निरन्तर रहने बताउनुभयाे ।

जनमोर्चाको पार्टी कार्यालय सिल्खानटाेलबाट सुरु गरिएको शव यात्रा, पेट्रोल पम्प, सिल्खानटोल हुँदै सन्चो मेडिकल अगाडी पुगेर सकिएको थियो । शव यात्राका बीचमा प्रहरी र प्रदर्शनकारीबीचमा झडप समेत भएकाे थियाे ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  २१:११
प्रतिक्रिया दिनुहोस्
Weather Update