Erani Mahal
विपन्न समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण
76174831_160131185201204_3298465781599174656_o

पाल्पा - पाल्पाको रैनादेवी छहरा-४, मा रहेको भैरव नवदीप माध्यामिक बिधालयमा अध्यनरत ४१ जना बिधार्थीहरुलाई शैक्षिक सामग्री प्रदान गरिएकाे छ । जिल्ला प्रहरी कार्यालय पाल्पा र नेपाल पुस्तक तथा स्टेशनरी महासंग पाल्पाको सहकार्यमा बिधालयमा अध्यनरत गरिव बिपन्न तथा जेहन्दार बिधार्थीलाई शैक्षिक सामग्री प्रदान गरिएकाे हाे ।

सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत को शैक्षिक सामग्री बितरण गरिएको प्रहरीले जनाएकाे छ । बितरण कार्यक्रममा पाल्पाका प्रहरी नायव निरीक्षक कृष्णराज सापकाेटाले गरीब, विपन्न तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका बालबालिकालाई पढाईमा सहयोग पुगोस् भन्ने उद्धेश्य राखेर प्रहरीले व्यक्ति तथा विभिन्न संस्थाबाट शैक्षिक सामग्री सङ्कलन गर्दै आएको र बिभिन्न बिधालयमा पुगेर शैक्षिक सामग्री बितरण गरेको बताउनुभयो ।

बिभन्न संघ सस्थाको सहयोगमा विद्यार्थीलाई कलम, कापी, पेन्सिल, कटर र इलेजर लगायतका शैक्षिक सामग्री वितरण गरेको नेपाल पुस्ताक तथा स्टेशनरी  ब्यावसाही महासंघ पाल्पा का अध्यक्ष किशोर भटराईले जानकारी दिनुभयो ।

शैक्षिक सामग्री बितरण कार्यक्रममा गाउँपलिकाका प्रबक्ता बिष्णु पोखरेल, बिधालयका प्रअ झलक बहादुर रायमाझी लगायतले पाल्पाको पश्चिम भेगमा रहेको भैरव माविलाई छनोट गरी आर्थिक रुपबाट विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री हस्तान्तरण गरी ठूलो गुन लगाएकोमा प्रहरी र सहयोगी सस्था प्रति प्रशंसा सहित को मन्तब्य राख्नु भएको थियो ।

बिधालय परिसरमा चलेको कार्यक्रमको सन्चालन स्टेष्नरी व्यसायी एवं हिमाली पुस्तक पसलका प्राेपराइटर कमलराज तिमिल्सेनाले गर्नु भएको थियो । संस्थाले यो भन्दा अगाडि छ वटा बिधालयमा शैक्षिक सामग्री हस्तान्तरण गरिसकेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  २०:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update