Erani Mahal
भानुभक्त मावि जब्गादीकोको विव्यसमा नयाँ नेतृत्व
school

पाल्पा- भानुभक्त माध्यमिक विद्यालय रामपुर नगरपालिका ९ जब्गादीको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा डिल बहादुर राना चयन हुनु भएको छ ।

विद्यालयमा बसेको भेलाले रानाको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको सदस्यहरुमा ज्ञान बहादुर सिंजाली, केशवराज पंगेनी, डोल कुमारी राम्जाली, सलमी सिंजाली, वडा प्रतिनिधि विष्णु प्रसाद कोइराला, शिक्षक प्रतिनिधि सुभान सिं सिंजाली र मनोनित सदस्यमा भगवती पंगेनी रहनु भएको छ ।

त्यस्तै, भेलाले पुनः लक्ष्मण हितानको अध्यक्षतामा शिक्षक अभिभावक संघ गठन भएको छ । समितिको सदस्यहरुमा डुल बहादुर नामजाली, डोवी परियार, तिर्सना नेपाली, खेम बहादुर खन्गाहा, डिल मायाँ सोमै, विष्णु मायाँ साठिघरे, हेमलाल भुषल, लोक बहादुर आले, शिक्षक प्रतिनिधि भगवती सुनार रहनु भएको छ । शिक्षक अभिभावक संघका अध्यक्ष लक्ष्मण हितानको अध्यक्षतामा भएको भेला रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम अर्यालले शिक्षाको गुणस्तर वृद्धिको लागि सहकार्य गर्दै सरोकारवालाहरु अघि बढ्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका शिक्षा शाखा प्रमुख निरज पोख्रेल, विद्यालय व्यवस्थापन समितिका निवर्तमान सदस्य ज्ञान बहादुर गाहा, रामपुर नगरपालिका ९ का वडा अध्यक्ष इच्छाराम सिंजालीले नवगठित समितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए । विद्यालयका सहायक प्रधानाध्यापक आनन्द सारुको स्वागत बाट सुरु भएको भेलाको संञ्चालन प्रधानाध्यापक विष्णु प्रसाद पहारीले गर्नुभएको हो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update