Erani Mahal
तिनाउँ गाउँपालिकामा डिजिटल नापी सुरु
IMG_2673

पाल्पा– जिल्लाको तिनाउँ गाउँपालिकामा विशेष नापी कार्यालय पाल्पाले डिजिटल नक्सा सहितको नापीको सुरुवात भएको छ । गाउँपालिकाका ६ वटै वडाको सबैभूभागलाई डिजिटल बनाउने अभियानमा गाउँपालिकाको समन्वयमा कार्यक्रम सुरु गरिएको हो । गाउँपालिका भित्रका लालपुर्जालाई डिजिटल बनाई जग्गाको अभिलेखको वडा नं ६ मस्यामबाट डिजिटल विशेष नापिको सुरुवात भएको छ । डिजिटल विशेष नापिको बारेमा जानकारी दिन सुरुवती चरणमा टोल –टोलका अगुवालाई प्रशिक्षण दिइएको छ ।


कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष ओम बहादुर घर्तीले डिजिटल विशेष नापिको कार्याक्रमले स्थानियलाई पुरानो कागजी लालपुर्जाबाट उन्मुक्ति बनाई आफ्नो बास्ताविक यथार्थ जग्गा थाहा पाउन मद्यत पु्याउन डिजिटल नापिको कार्यक्रम सुरु गरिएको बताउनुभयो । अध्यक्ष घर्तीले गाउँघरमा जग्गाकै कारण निम्तने झैझगड, साध सधियार नमिल्ने, क्षेत्रफल घटी बढी हुने , कागजी नक्साको अन्तय लगाएतका समस्यका साथै कित्ता एकिकरणमा डिजिटल विशेष नापि कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षण दिर्दै डिजिटल विशेष नापि कार्यालय पाल्पाकी टोली प्रमुख ज्योति कुमारी महतो शाहले डिजिटल नापिको महत्वको बारेमा जानकारी दिर्दै विशेष नापिका क्रममा भोगचलन भएका जग्गालाई मात्रै नापि गराउन स्थानियलाई आग्रह गर्नुभयो । नापीका क्रममा विभिन्न किसिका झनझट आईपर्ने भएकोले सधियारको सहमति भए पछि मात्रै नापि हुने बताउनुभयो । टोली प्रमुख शाहले नापिका क्रममा यदि कहि कतैबाट खशी,बोका,कुखुरा र आर्थिक प्रलोभन पारेर जग्गाको तलमाथि गराउछु भनेर नसोच्न स्थानीलाई सचेत गराउन भयो ।


उक्त डिजिटल नापि प्रशिक्षण कार्यक्रममा वडा अध्यक्ष टोम बहादुर पुन,स्थानीय जनप्रतिनिधि,समाजसेवि,अगुवा नागरिक,स्थानियको सहभागिता रहेको छ । डिजिटल लालपुर्जा बनि सकेपछि आफ्नो जग्गा नेट इन्टरनेटको मार्फत अनलाईनबाट मोबाइलमै हेर्न पाईने छ ।तिनाउँ गाउँपालिकाको मस्यामबाट सुरु भएको डिजिटल नापिको कार्यक्रममा गाउँपालिकाका सबै वडामा सुरुवात गरिने छ । कार्यक्रम वडा सचिव खेम बहादुर सारुको सञ्चालनमा चलेको थियो ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update