Erani Mahal
सत्यवती र अमरनारायण मन्दिरको फोहर सेनाले हटायो
MG_0267

सुनिल कार्की– नेपाली सेनाको गोरखदल गण पाल्पाले जिल्लाको तिनाउ गाउँपालिका ४ सत्यवती मन्दिर र अमरनारायण मन्दिर परिसरमा रहेकाे फोहरमैला व्यवस्थापन गरेको छ । गत कात्तिक २४,२५ र २६ गते तीनदिन सम्म लागेको सत्यवती बजैको चिच्यएर बर माग्ने मेलाको अवसरमा उक्त मन्दिर परिसरमा भएको फोहर मैलाको ब्यवस्थापनको लागि गणको टोली सरसफाईका लागि खटिएको थियो ।

गणका सेनानी मेजर मनोज डंगोलको कमाण्डमा २९ जनाको टोलीले मन्दिर परिसरमा रहेको फोहोरको ब्यस्थापन गरेको गणका गणपति प्रमुख सेनानी सुरज थापाले जानकारी दिनुभयो । प्रमुख सेनानी थापाले सेना र प्रहरी बीचको सम्बन्धलाई अझ प्रभावकारी बनाउन नागरिकका हरेक सुख दुखमा साथ दिन तयार रहेको र दिर्दै आएको समेत बताउनुभयो ।

मेलाको अवसरमा मन्दिर परिसरको कोलडाँडा क्षेत्रमा कुहीने र नकुहीने फोहर छुट्टाएर बिर्सजन गरिएको कमाण्डको नेतृत्व गर्नुभएका सेनानी मनोज डंगोलले जानकारी दिनुभयो ।


अमरनारायण मन्दिर परिसरमा सरसफाई
यस्तै तानसेन नगरपालिक वडा नं २ अमरनारायण मन्दिर परिसर र फूलबारी क्षेत्रमा सरसफाई गरिएको छ । गोरख दल गणकै नेतृत्वमा उक्त क्षेत्रमा एन.सि.सिका कार्यसमिति सदस्य सहित ७० जनाको टोलीेले सरसफाई कार्यक्रम गरेको गणका गणपति प्रमुख सेनानी सुरज थापाले बताउनुभयो ।


प्रमुख सेनानी थापाले सुन्दर शान्त र मनोर तानसेन शहरको परिकल्पनालाई साकार पार्न जिल्लाका धार्मिक एवं पर्यटीय क्षेत्रको सरसफाईमा सेनाले महत्वपुर्ण योगदान दिर्दै आएको बताउनुभयो ।
पाल्पा स्थित नेपाली सेनाको गोरखदल गणले जनताको हरेका कदममा सहयोगी भुमिका खेल्दै आएको छ । सेना र जनता बीचको सम्बन्धलाई सुमधुर बनाउन विभिन्न खालका जनता मैत्री कार्यक्रम सेनाले सञ्चालन गर्दै आएको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०८:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update