Erani Mahal
पिनास के कारणले हुन्छ ? कसरी बच्ने ? के खाने-के नखाने ?
pians

साइनोसाइटिस भनेको के?

पिनास के कारणले हुन्छ ? कसरी बच्ने ? के खाने-के नखाने ? साइनोसाइटिस भनेको? पिनास नाकको भित्र दायाँबायाँ रहने खाली ठाउँमा अवरोधका कारण हुने रोग हो । साइनोसाइटिस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु साइनसहरु सुन्निनुलाई पिनास भनिन्छ ।

यस्ता साइनसहरु चार प्रकारका हुन्छन् । फ्रन्टल साइनस (निधारमा), म्याक्जिलरी साइनस (दुवैतिर गालाको भित्र), इथमोइडल साइनस (आँखाहरुको बीचमा), र स्फेनोइडल साइनस ( इथमोइडल साइनसको भित्रपट्टि) हुन् । यिनीहरुलाई समग्रमा पारानेजल साइनसेस पनि भनिन्छ । साइनसमा पातलो झिल्लीको तह हुन्छ । हामीलाई जब रूघा खोकी लागेर एलर्जी हुन्छ साइनसमा सिगान भरिन्छ र सुन्निन्छ । साइनसको निकास माध्यम अवरुद्ध हुँदा सिगान निस्कने बाटो बन्द भएर ब्याक्टेरिया एवं भाइरसको संक्रमणबाट पिनास हुन्छ ।

रुघाखोकी लाग्दा केही पनि नभएको भनी लापरबाही गर्नाले पिनास हुन्छ । यसबाहेक पनि धुवाँ, धुलो, नाकमा हुने संक्रमण, विभिन्न एलर्जीहरू, नाकभित्रको हड्डी बांगिनु, नाकभित्र मासु बढ्नु वा पलाउनु पनि पिनास हुनुका मुख्य कारण हुन् । पिनासको कारण साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो । साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन् । कहिलेकाही नाकको भित्री भागमा मासु पलाउने पोलिप, ट्युमर आदिले पनि साइनसका मुखहरु बन्द गरी पिनास गराउनमा मुख्य भूमिका खेलिरहेको हुन्छ । चुरोटको धँुवाले वायु प्रदुषणको कारणले पनि पिनास हुनसक्छ । त्यस्तै रुघाको औषधीहरुको बढी प्रयोग गर्नाले पिनास हुन्छ ।

सुख्खा मौसममा हुने सुख्खा हावाका कारणले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थको मात्रा मक हुँदा पिनास देखापर्छ । पिनासलाई मुख्यगरी दुई प्रकारका हुन्छन् । भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने पिनास १० दिनभन्दा कम समयसम्म रहने पिनास प्राय भाइरल संक्रमणका कारणले गर्दा हुने गर्छ । १० दिनभन्दा बढी यो समस्या रहेमा व्याक्टेरियाले पिनास गराउँछ ।

लगायतार १२ हप्तामा पनि निको नभए नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा लामो समयसम्म रहने हुन्छ । लक्षणहरु पिनास भएका व्यक्तिको नाकबाट गन्ध आउने र बाक्लो सिँगान बगिरहने समस्या हुन्छ । लगायतार नाक बन्द भइरहने समस्याले टाउको दुख्ने र भारी हुनुका साथै निधारको अघिल्लो भाग दुखिरहने गर्छ । नाकमा सिगान जमेर बन्द हुने भएकाले पिनासका रोगीमा सँुघ्ने शक्तिमा कमि आउँछ । कसैकसैमा विशेष गरी एक्युट पिनास भएमा ज्वरो आउने र जीउ दुख्ने समस्या देखा पर्छ । टाउको अगाडि झुकाउँदा टाउकोमा पीडा हुने र माथिल्लो भागका दाँतहरु दुख्ने गालातिर दुख्ने पिनासको मुख्य लक्षण हुन् ।

पिनास, भाइरल रुघा र एलर्जिक पिनास फरक फरक हुन् । भाइरल रुघा लाग्दा माथिल्लो श्वासप्रश्वास नलिको साधारण संक्रमण भएर सुनिन्छ । एलर्जिक पिनास हुँदा नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हुन्छ । जुन प्राय गरेर मौसमको परिवर्तनसँगै देखिने गर्छ । नाक, श्वासप्रश्वासको नलि, साइनसहरु, घाँटीलगायत एकआपसमा जोडिएका हुनाले यी समस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय लक्षण र रोगहरु संयुक्त रुपमा देखिन्छन् । साधारण रुघाबाट शुरु भएरपछि पिनास हुनसक्छ, र एकैपल्ट पनि देखिन सक्छ ।

पिनासको उपचार पिनासका बिरामीले चिकित्सकसँग परामर्स लिएर घरेलु पद्धती अपनाउनु वा औषधी सेवन गर्नु बढी नै प्रभावकारी हुन्छ । पिनास प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छ । कहिलेकाँही विभिन्न प्रकारले टाउको दुख्ने रोगहरु क्लस्टर टाउको दुखाई, माइग्रेन, दाँतको समस्याहरु, आँखाको समस्याहरु आदिसँग यसका लक्षण मिल्ने खालका हुन्छन् ।

साथै क्रोनिक पिनासमा लामो समयसम्म ठिक नभएको भन्ने कारण थाहा पाउन जरुरी हुन्छ । पिनासलाई मेडिकल शब्दावलीमा ‘साईनो साईटोसिस’ भनिन्छ । साईनसमा संक्रमण हुनुलाई हामीले ‘साईनो साईटोसिस’ भन्छौं र त्यसैलाई बोलीचालीको भाषामा पिनास भनिन्छ । हाम्रो टाउकोको खप्परमा चार जोडा हावाका थैला हुन्छन् । त्यसलाई हामीले ‘एयर फिल्ड क्याभिटिज’ भन्छौं । ती थैलाहरूले हाम्रो टाउकोलाई सन्तुलित बनाउने, आवाजलाई स्वरुप दिने काम गरिरहेका हुन्छन् । ती चारवटै थैलाको मुख हाम्रो नाकनिर हुन्छ ।

जसलाई हामी ‘मिडिल मिएट्स’ भन्छौंं ।त्यसमा तीनवटा चेम्बर हुन्छन् । तलको चेम्बरलाई इन्फेरियर मिएट्स, बीचकोलाई मिडिल मिएट्स र माथि पट्टिकोलाई सुपेरियरल मिएट्स भनेर चिनिन्छ । नाकको भित्रपट्टि भएको प्वालले भेन्टिलेसन गर्ने, त्यसले वाहिरी वातावरण र टाउकोभित्रको हावाको चाप पनि सन्तुलित गर्ने काम गर्छ । त्यसकै योगदानस्वरुप हामीले टाउको ठाडो बनाउनेदेखि आवाज निकाल्ने सम्मको काम गर्न सक्छौं । टाउकोबाट निस्कासन हुने पदार्थ पनि नाकको प्वालबाट बाहिर निस्कन्छ । नाकको भित्री भाग अर्थात् साईनसमा कुनै कारणले इन्फेक्सन भयो भने हामीले त्यसलाई साईनोसाईटिस वा पिनास भनेर बुझ्छौं । नाकमा संक्रमित भएमा त्यसले राम्रोसँग काम गर्न सक्दैन । त्यसमा पिप जम्मा हुन थाल्छ, नाकभित्रको प्वालबाट निस्कासन हुने फोहोर पदार्थ अवरुद्ध हुन्छ । बाहिरी वातावरण र टाउको भित्रको हावाको सन्तुलन हुन नपाएपछि टाउको दुख्ने हुन्छ । नेपाली समाजमा पिनास साझा समस्याको रुपमा देखा परेको छ । प्रायः सबै मानिसह्रू पिनाससँग परिचित छन् । पिनास भन्ने शब्द नेपाली समाजमा ज्यादा गलत रुपमा प्रयोग हुने शब्द पनि हो । धेरै मानिसले टाउको दुख्नासाथ पिनास भइहाल्यो भन्ठान्छन् ।

पिनास भयो भनेर डराएर आउने धेरैको स्वास्थ्य परीक्षण गर्दा पिनास नभएको भेटिएको छ । मानिसले लामो समयदेखि टाउको दुख्यो भनेर बस्छन् र त्यसलाई नै पिनास भयो भनेर भ्रम पालिरहेका हुन्छन् । धेरै मानिसलाई पिनासवारे सही जानकारी छैन । पिनास दुई किसिमका हुन्छन् । एउटालाई ‘एक्यूट साइनोसाईटिस’ र अर्कोलाई ‘क्रोनिक साईनोसाईटिस’ भनिन्छ । एक्यूट साईनोसाईटिस सामान्य खालको पिनास हो । चार हप्तासम्मको पिनासलाई यो रुपमा चिनिन्छ । चार हप्तादेखि ३ महिनासम्मको लागि ‘सब–एक्यूट’ वा ‘सव–क्लिनिकल साईनोसाईटिस’ भन्ने गरिन्छ । तीन महिनाभन्दा बढी भएमा त्यस्तो पिनासलाई ‘क्रोनिक साईनोसाईटिस’ भन्ने चलन छ । ‘एक्यूट साईनोसाईटिस’को मुख्य कारण रुघा वा भाईरल इन्फेक्सन नै हो । एक्यूट साईनोसाईटिस लामो समयसम्म रहेमा वा बल्झिदै गएमा त्यसले ‘क्रोनिक साईनोसाईटोसिस’को रुप धारण गर्छ । एलर्जी लगायतका कारणले पनि इन्फेक्सन हुने समस्या रहन्छ ।

एलर्जी, रुघाखोकी लामो समयसम्म रहेमा क्रोनिकस पिनास बन्ने देखिन्छ । लामो समयसम्म उपचार नभएमा यस्तो जटिलता देखापर्न सक्छ । कतिपय व्यक्तिको भने शारीरिक संरचनामा नै समस्या हुन्छ । कसैको नाकको प्वाल सानो हुन्छ, कसैको हड्डी बांगिएको हुन्छ । बनाबटको विविधता वा जटिलताले पनि कतिपय व्यक्ति बारम्बार ‘क्रोनिक साईनो साईटोसिस’को समस्या झेलिरहेका हुन्छन् । पिनास लामो समयसम्म रह्यो भने विभिन्न अप्ठेरोपन र शारीरिक समस्या देखापर्छ । नाक बन्द हुने, घाँटी खसखस हुने, खोकी लाग्ने, घाँटीमा जटिलता आउने लगायतका समस्या देखा पर्छन् । यस्तो अवस्थामा सबैमा एकै खालको समस्या नदेखिन पनि सक्छ । नाक बन्द हुने, नाकबाट बाक्लो र पहेलो सिँगान आउने, बासना थाहा नहुने अर्थात सुँघ्ने शक्ति हराउने हुन्छ । समयमै उपचार नभएमा स्थिति थप जटिलतातिर जाने देखिन्छ । आँखा सुन्निने, आँखाको वरपर र तल्लो भाग सुनिन्ने हुन्छ ।

कतिपयमा त्यसको असर दिमागसम्म पुग्न । पिनासका कारण आँखाको बाहिरी भागका साथै आई–भल्भ सुन्निने हुन्छ । आँखाभित्र पनि इन्फेक्सन हुने र पिप जम्न सक्छ । दिमागको बाहिरी भागमा पिप जम्ने खतरा पनि पिनासले निम्त्याउँछ । मेनेञ्जाईटिस हुने र दिमागको भित्र भागमा पिप जम्मा भएर बिरामीको मृत्यु हुनेसम्मको खतरा पिनासबाट हुनसक्छ । नियमित रुपमा स्वास्थ्यको ख्याल नगर्ने, बारम्बार एलर्जीको समस्या बेहोरिईरहने लगायतलाई पिनासको समस्या देखिन्छ । नाकको संरचनामा समस्या भएको, बारम्बार रुघा लागिरहने मानिसलाई पनि समस्या हुन्छ । सास फेर्न गाह्रो हुनेगरी नाकमा मासु पलाएको व्यक्ति पनि बारम्बार पिनासबाट पीडित हुने सम्भावना रहन्छ ।

अवस्था हेरेर पिनासको उपचार प्रक्रिया पनि फरक फरक हुन्छ । ‘एक्यूट साईनोसाईटिस’ भनिने सामान्य खालको पिनास विना उपचार नै निको हुनसक्छ । त्यसका लाग एन्टिबायोटिक पनि जरुरी पर्दैन । दुई हप्तासम्म पिनास भएमा र त्यसपछि निरन्तर समस्या देखिए पेनकिलर, तातो पानीको बाफ दिने लगायतका काम गरेर निको पार्न सकिन्छ । तुरुन्त एन्टीबायोटिक दिनुपर्छ भन्ने छैन । तर डाक्टरकोमा आएपछि एन्टीबायोटिक दिने चलन छ । औषधिले, चिसोबाट जोगिने प्रयास र शरीरलाई तातो राख्ने उपायले सामान्य पिनास निको पार्न सकिन्छ ।

पिनासले जटिल रुप धारण गरेको छ भने औषधिले निको पार्न सकिन्छ । केही बिरामीलाई अवस्था हेरि पिनास सफा गर्ने विधि पनि अपनाउनुपर्ने हुन्छ । सुईबाट पानी फ्याँकेर पनि नाकको भित्री भाग सफा गर्ने अर्को उपाय छ । तर अचेल त्यो अभ्यास निकै कम प्रचलनमा छ । कतिपय अवस्थामा बिरामीलाई ‘सर्जिकल इन्टरभेन्सन’ गर्नपर्ने हुन्छ । नाकभित्रको मासुको म्यूकोजा मोटो भएको विरामीलाई पनि सर्जिकल उपचार आवश्यक हुन्छ र अपरेशन÷इण्डोस्कोपिक साईनो सर्जरी गर्नुपर्ने हुन्छ । पछिल्लो समय ‘फङसनल इण्डोस्कोपिक साईनोसर्जरी(फेस) र बेलुन साईनोप्लाष्टि पनि प्रचलनमा आउँदैछन् । कतिपय बिरामीको हकमा भने बारम्बार पिनास हुनुको कारण खोज्नुपर्ने हुन्छ । नाकभित्र मासु भए हटाउने, बाङगो हड्डी भए सोझ्याउने लगायतका काम गरेर पनि उपचार गर्नुपर्ने हुन्छ ।

पिनास जुनसुकै उमेर, लिंगका मानिसलाई पनि हुनसक्छ । तर बालबालिकामा पिनास भए छिटो जटिलता हुने खतरा रहन्छ । पिनास र भ्रम हाम्रो समाजमा पिनास हुनासाथ झारफुक गर्नुमा ज्यादा विश्वास गरिन्छ । अस्पतालमा आउने विरामीमध्ये कतिपयहरू झारफुकबाट निको नभएपछि आउनेहरू छन् नाकमा जे समस्या भएपनि पिनास भन्ने अचलन छ । कतिपय रोगह्रू निश्चित समयपछि आफै निको हुन्छ । विरामीह्रू आत्तिएर झारफुक गर्ने र धामीलाई देखाउन जाने गर्छन् । तर निश्चित समयपछि सामान्य खालको पिनास आफै निको भएको भेटिन्छ ।

त्यसले गर्दा अनावश्यक रुपमा धामीझाँक्रीले जस पाइरहेका हुन्छन् । झारफुक गनहरूले पनि पिनास झारेको भनेर विश्वासमा पार्न अनेक काम गर्ने चलन छ । त्यसको कुनै भरपर्दो आधार छैन । पिनासका लक्षण नाक बन्द हुने टाउको दुख्ने आँखाको अगाडि र तलको भाग दुख्ने नाकको छेउछाउमा दुख्ने बिहानको समयमा टाउको बढी दुख्ने सुँघ्ने शक्ति कमजोर हुने नाकबाट सास फेर्न नमिल्ने कहिलेकाँही नाकबाट रगत मिसिएको सिँगान बग्ने के खाने के नखाने ? नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना ।

(सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन । पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ । पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ । मासको दाल पनि खानु हुँदैन । अति नै सादा भोजन गर्नु पर्छ ।

यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन । पिनास हुँदा खानु पर्ने कुराहरु पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ ।

पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ । हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ । नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update