Erani Mahal
सिद्धबावा सुरूङ् मार्ग बनाउन १० अर्ब १५ कराेड बजेट स्वीकृत
8888888

पाल्पा - सिद्धबावा क्षेत्रमा सुरूङ् मार्ग निर्माण गर्न अर्थ मन्त्रालयबाट स्राेत सुनिश्चितता गरेकाे छ । राष्ट्रिय याेजना आयाेगबाट स्वीकृत याेजनाका लागि १० अर्ब १५ कराेड स्राेत माग भइ आएकाले उक्त स्राेतकाे सुनिश्चितता गरिएकाे हाे ।

सिद्धबावा क्षेत्रमा एक किलाेमिटर ७ सय मिटर सडक सुरूङ् मार्ग बनाउन स्टेमेट र डिजाइन स्वीकृत भएकाे छ । विगत लामाे समयदेखि सुरूङ मार्ग बनाउने चर्चा चालेपनि सुरूङ् मार्ग नै बनाउने भनेर सरकारले निर्णय गरेकाे थिएन । अर्थले बहुबर्षिय ठेक्का लगाइ डिजाइन अनुसार काम अगािड बढाउन भाैतिक याेजना तथा पूर्वाधार मन्त्रालयलाइ भनेकाे छ ।

नेपाल सरकारकाे मिति २०७६ मंसिर १ गते बसेकाे मन्त्रीपरिषद्काे बैठकले सुरूङ् मागर्न निर्माणका लागि हरेक वर्ष रकम सुनिश्चित गर्ने गरी निर्णय गरेकाे हाे । अब उक्त स्राेतकाे सुनिश्चितता भएपछि सडक निर्माणकाे लागि ठेक्का प्रक्रिया अगाडि बढेकाे छ ।

अर्थ मन्त्रालयका शाखा अधिकृत मनाेज रेग्मीले हस्ताक्षर गर्नुभएकाे स्राेत सुनिश्चितताकाे पत्र सम्बन्धित सडक डिभिजन कार्यालयलाइ पठाएकाे छ । अहिले अर्थ मन्त्रालयले भाैतिक याेजना तथा पूर्वाधार मन्त्रालयलाइ पत्र लेखेर सहमति दिएकाे हाे ।

सरकारले याे वर्ष सुरूङ् मार्ग निर्माण गर्न एक अर्ब बजेट विनियाेजन गरेकाे थियाे । सरकारले याे वर्ष देखि नै सुरूङ् मार्ग बनाउन रकमकाे सुनिश्चितता गरेकाे हाे ।

(हेर्नुहाेस् पत्र सहित)

प्रकाशित मिति: सोमबार, मंसिर २, २०७६  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update