Erani Mahal
न्वागी महाेत्सवकाे अवसरमा आयाेजित भलिबलमा शिव गुफा बिजयी
74265360_1187337594801597_5888550078649466880_n

पाल्पा - छैठौं न्वागी महाेत्सवकाे अवसरमा झरना युवा क्लव तिनाउ-२, झ्याङ्लाले आयाेजना गरेकाे क्लव स्तरीय भलिवल प्रतियोगितामा शिव गुफा युवा क्लवले हात पारेकाे छ । उक्त प्रतियाेगितामा झरना युवा क्लव द्वितीय र मराम्काेट युवा क्लज तृतीय भएका छन्।

विजेता क्लवलाई क्रमश २० हजार, १५ हजार र १० नगद, प्रमाणपत्र तथा मेडलले सम्मान गरिएको थियाे ।

प्रतियोगितामा सारस पाँडे मगरले प्रथम पुरस्कार, शेर बहादुर थापाले द्वितीय पुरस्कार र किसन क्षेत्री ले तृतीय पुरस्कार नगद साैजन्य गरेका थिए ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत ज्ञानु प्रसाद पनेरु र विशिष्ट अतिथि तिनाउका प्रवक्ता तथा वडा अध्यक्ष राजेश श्रेष्ठ ले मन्तब्य ब्यक्त गर्दै मेडल, नगद तथा प्रमाणपत्र वितरण गर्नुभएको थियाे ।

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update