Erani Mahal
'हाम्राे तानसेन' त्रैमासिक बुलेटिन बारे चर्चा
888888

पाल्पा - तानसेन नगरपालिकाले आफ्नो नियमित गतिविधि समेटेर प्रकाशन गरेकाे ‘हाम्रो तानसेन’का बारेमा चर्चा भएकाे छ । साथै बुलेटिनका लेखक,पत्रकार सम्मान पनि भएकाे छ । नगरपालिकाकाे गतिबिधिसहित विभिन्न सामग्री प्रकाशन गर्ने उद्धेश्यका साथ हाम्राे तानसेन बुलेटिन नियमित प्रकाशन हुँदै आएकाे छ ।

प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज बेलबासेले तानसेन नगरपालिकाले गरेका कामलाइ बाहिर ल्याउन बुलेटिन सफल भएकाे बताउनुभयाे । उहाँले आगामी दिनमा सबै पक्षलाइ समेटेर बुलेटिनलाइ नगरपालिकाले सुझाव लिने खालकाे बनाउँदै जाने बताउनुभयाे ।

तस्विर : सुनिल कार्की ।

कार्यक्रममा तानसेन नगरपालिकाका प्रवक्ता दामोदर प्रसाद घिमिरे, कार्यपालिक सदस्य दिपक विक, बरिष्ठ पत्रकार मेघराज शर्मा, नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा, एवं लेखकहरुले हाम्रो तानसेन त्रैमासिकलाई थप विस्तार गरि राम्रा र सुधार गर्नु पर्ने सबै पक्षलाई समावेश गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा हाम्रो तानसेन बुलेटिनको अंक ६ मा आफ्नो लेख प्रदान गरि सहयोग गर्ने पत्रकार र लेखकलाई प्रमाण पत्रले सम्मान गरिएको थियो । तानसेन नगरपालिकाले प्रत्येक तीन/तीन महिनामा प्रकाशन गर्दै आएको हाम्रो तानसेन बुलेटिन प्रकाशन गर्दै आएको छ । कार्यक्रम हाम्रो तानसेन बुलेटिनका सम्पादक गोविन्द भट्राईको सञ्चालन र प्रकाशन समितिका सदस्य एवं नगर सरकारका प्रवक्त दामोदर प्रसाद घिमिरेको स्वागतमा भएको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १९:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update