X
25
Shares

पाल्पाकाे दुर्गम गाउँ सत्यवतीमा स्वास्थ्य शिविर

रानीमहल संवाददाता || १ मंसिर २०७६,आईतवार १९:०२

दिलबहादुर गाहा, पाल्पा – जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका वडा न -८ सत्यवती खुर्साने स्थित श्री सुर्यविनायक बचत तथा ऋण सहकारी संस्था र बाबू मेडिकल हल सैनामैना -१० सालझण्डी रुपन्देही काे सयुक्त आयाेजनाका १ दिने नि शुल्क स्वास्थ शिविर कार्यक्रम शनिबार खुर्साने आधारभुत विधालय सत्यवती खुर्सानेमा सम्पन्न भयाे।

सुर्यविनायक बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष श्री प्रेम बहादुर घिमिरेको अध्यक्ष्ातामा भएको कार्यक्रममा रैनादेवी छहरा गा पा वडा -८ का वडाध्यक्ष थमान बहादुर रानाको प्रमुख आतित्थ्यमा सम्पन्न भएको थियाे।

कार्यक्रमकाे उद्घाटन प्रादेशिक अस्पताल बुटवलका फेमिलि फिजिसियन डाक्टर पशुपति रजाैरियाले प्रमुख अतिथि थमान बहादुर रानाको बि पि ( ब्लड प्रेसर) नापेर उद्घाटन गर्नुभयो ।बिहान ११ बजे देखि शुरु भएको कार्यक्रममा फेमिलि फिजिसियन डाक्टर पशुपति रजाैरिया, महिला राेग बिशेषज्ञ डाक्टर हासिना बानु, स्वास्थ सहायक बाबुराम घिमिरे ,प्रेम न्याैपाने, लगायतका व्याक्तीहरुले सेवा प्रदान गरेका थिए।२५९ महिला र ७५ पुरुष गरि कुल ३३४ जना बिरामी चेकजाँच गराएकाे कार्यक्रममा निशुल्क रगत जाँच, निशुल्क भिडियो एक्सरे सेवा र निशुल्क अाैषधी बितरण गरिएको थियो ।

कार्यक्रममा सहआयाेजक सस्था बाबू मेडिकल हलका प्राेपाइटर बाबुराम घिमिरेले यस क्षेत्रका जन्ताहरु स्वास्थ सेवा सुविधाबाट निकै पछि परेकाे हुँदा यस क्षेत्रका जन्तालाई केही राहात महसुस गराउन आफुले स्थानीय सस्था सङ साझेदारी गरि आफ्नाे सस्थाले निशुल्क ल्याब सेवा,भिडियो एक्सरे सेवा ,आषधी, प्राबिधिक टाेली प्रायाेजन गरेको बताउनुभयो ।

सहकारी सस्थाका उपाध्यक्ष खगिसरा बस्नेतले कार्यक्रम सफल पार्नकाे लागि सहयोग पुर्‍याउनु हुने मेडिकल टिम, सुरक्षा कर्मी, शेयर सदस्य, सहआयाेजक सस्था, स्वयंसेवक सम्पूर्ण लाई धन्यवाद दिदै यस्ता कार्यक्रम स्थानीय सरकारले गर्नुपर्ने र आज सम्म यस क्षेत्रमा यस्ता खाले कार्यक्रम नगरेको प्रती गुनासो पाेख्दै उक्त काम आफ्नाे सस्थाले गरेको दाबी गर्नुभएको ।

कार्यक्रम सहकारी सस्थाका सचिव दि बि गाहाकाे सञ्चालनमा भएको कार्यक्रममा मेडिकल टिम, सुरक्षा कर्मि,स्वयंसेवकहरुलाई प्रमाणपत्रले सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys