Erani Mahal
आमाकाे स्मृतिमा अक्षयकाेष स्थापना
88

पाल्पा - रामपुरका व्यापारी बालकृष्ण श्रेष्ठ, सुन्दर श्रेष्ठ र अर्जुन श्रेष्ठले आफ्नो स्वार्गीय आमा ज्ञानदेवी श्रेष्ठ र पिता कृष्णप्रसाद श्रेष्ठको स्मृतिमा निस्दीको एक विद्यालयमा अक्षय कोष स्थापना गर्नुभएको छ।

गोरखनाथ आधारभूत विद्यालय निस्दी- ४ , मित्याल , भिरपानी पाल्पामा दिवंगत आमा र बुवाको नाममा तीन भाइ छोराहरु बालकृष्ण श्रेष्ठ, सुन्दर श्रेष्ठ र अर्जुन श्रेष्ठले पुस्तकालय तथा जेहेन्दार छात्रवृत्ति अक्षय कोष स्थापना गर्नुभएको हो ।

हाल पहिलो चरणमा २० हजार कोष स्थापना गरेको र आगामी दिनमा थप गर्दै जाने श्रेष्ठ परिवारले बताएकाे छ ।

चालू शैक्षिकसत्रमा यस विद्यालयमा १ सय २३ जना विद्यार्थीले अध्ययन गर्दै आएको विद्यालयका प्रधानाध्यापक पूर्ण बहादुर साेमैले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update