Erani Mahal
स्वावलम्वी सामाजिक उधमी महिला सहकारी संस्थाकाे तेस्राे साधारणसभा
75576479_475802806364734_8930932738781872128_n

पाल्पा - स्वावलम्वी सामाजिक उधमी महिला सहकारी संस्था निस्दी ४ मित्याल पाल्पाको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ। सहकारी संस्थाकी अध्यक्ष रमा सुनारीको अध्यक्षतामा भएको सभाको प्रमुख अतिथि निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारु रहनुभएको थियो ।

सस्थाकी उपाध्यक्ष मिना कुमारी थापाको स्वागत मन्तव्यबाट शुरु भएको सभामा अध्यक्ष सुनारीले प्रगति प्रतिवेदन , व्यवस्थापक झममाया सुनारीले आर्थिक वर्ष २०७५/ ०७५ को ५६ लाख ३० हजार बराबरको आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियोे ।

कार्यक्रममा मुख्य पाहुना सारु, निस्दी गाउँपालिका ४ नम्बर वडा कार्यालय मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारी, रेडा पाल्पाका कार्यक्रम संयोजक प्रेम गोदार, नेकपा पाल्पा सदस्य भुवन थापा, नेपाली काँग्रेसका तास बहादुर कालुङ, पशु शाखा निस्दीका संयोजक ओम मश्राङी, गौरीशंकर मावि मित्यालका प्रधानाध्यापक केश बहादुर सुनारी, निस्दी गाउँ कार्यपालिका सदस्य हेम कुमारी सुनारी लगायतले बोल्नुभएको थियोे ।

सभाले आगामी ३ बर्षे कार्यअवधी रहने गरि तिर्सना खनगाहाको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति र हेम कुमारी सुनारीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति गठन गरेको छ। ५ सय ७२ जना शेयर सदस्य रहेको यस सहकारी संथाले महिला उधमीलाई जोड दिदै आयआर्जनका कार्यक्रम गर्दै आएको छ।

सभामा उत्कृष्ट शेयर सदस्य तथा संस्थाको विकासमा सहयोग पुर्याउनुहुने विभिन्न व्यक्तिलाई सम्मान गरेको छ। सभाको संचालन संस्थाकी सचिव तिर्सना खनगाहाले गर्नुभएको थियो

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १९:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update