Erani Mahal
बन्द भएकाे जडिबुटी प्रशोधन केन्द्र तिनाउ गाउँपालिकाले संचालन गर्ने
75380233_542786366500521_8690415003997569024_n-2

पाल्पा - तिनाउँ गाउँपालिका पाल्पाले गाउँपालिका भित्र रहेका जडिबुटिहरुको प्रर्वद्धन र सम्बर्धन गर्ने भएको छ । गाउँपालिकाले जडिबुटिको संरक्षण र रोपण गरौं समृद्धिको अभियानमा अगाडि बढौं भन्ने नाराको साथमा जडिबुटी संरक्षण तथा उपयोग सहकारी संस्था लिमिटेडको पहलमा आवश्यक तयारी गरिएको छ । गाउँपालिकाको आर्थिक सहयोगमा त्यसको लागि एक दिने कार्यशाला गोष्ठीको समेत आयोजना गरि सरोकारवालाहरु बीचमा छलफल गरिएको छ ।


७ वर्ष अगाडि झुम्सामा स्थापना भएको जडिबुटि प्रशोधन उद्योग स्थापना गरी ७८ जना सेयर सदस्यहरुले सुरु गरेको थियो । तर पछिल्लो समयमा विभिन्न समस्याले गर्दा बन्द रहेको उद्योग संचालन गर्न झपेन्द्र जिसीको अध्यक्षतामा नयाँ समिति गठन गरी आवश्यक तयारी समेत थालिएको छ ।
केही समय लिजमा दिइएको मेसिनलाई संचालन गरेर आय आर्जन वृद्धि गर्ने लक्ष्य रहेको पालिकाका अध्यक्ष ओमबहादुर घर्ती मगरले बताउनुभयो ।

उद्योग संचालन र प्रशोधन संचालनका लागि गरिएको गोष्ठीमा रामप्रसाद ज्ञवाली, रामप्रसाद भट्टराई, माधव नेपाल, अर्जुन खनाल, धु्रर्व अधिकारी र कृष्ण जिसीले जडिबुटी प्रशोधन तथा प्रर्बद्धनबारे कार्यपत्र पेश गर्नुभएको थियो ।

तिनाउँ गाउँपालिका भित्रमा उत्पादन हुने तेजपत्ता, तितेपाती, अदुवा, टिमुर लगायतका कच्चा पदार्थको प्रशोधन गरी किसानले उचित मूल्य पाउने भएमा तिनाउँ गाउँपालिकाले आर्थिक र भौतिक सहयोग गर्न तयार रहेको गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीले बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश कृषि तथा सहकारी मन्त्री आरती पौडेलले जडिबुटी प्रशोधनमा प्रदेश सरकारले समेत सहयोग गर्ने बताउनुभयो । यस्तै प्रदेश सांसद बसन्त घर्तीले सहकारी संस्थाले जडिबुटीको प्रर्वद्धन र प्रशोधनमा आफूले ध्यान दिने बताउनुभयो । लिलाबहादुर कार्कीको संचालनमा भएको कार्यक्रम अध्यक्ष झपेन्द्र जिसीको अध्यक्षता र गाउँपालिकाको उपाध्यक्ष दमयन्ती थापाको धन्यवाद मन्तव्यबाट समापन भएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update