Erani Mahal
भुवनपोखरीको गोखुङ्गामा लिफ्टिङ्ग खानेपानी सुरु
ad

पाल्पा– रैनादेवी छहरा गाउँपालिका ३ भुवनपोखरीको गोखुङ्गा क्षेत्रमा लिफ्टिङ्ग खानेपानी योजना मार्फत खानेपानी वितरण सुरु भएको छ ।


एक कार्यक्रमका बीचमा वडा अध्यक्ष लालबहादुर दर्लामीले खानेपानी धाराको सुरुवात गर्नुभएको छ । कुवा र भेलको पानी खाँदै आएका यहाँका जनतालाई खानेपानीको व्यवस्थापन गर्न सफल भएको स्थानीय समाजसेवी भेषराज पन्थीले बताउनुभयो ।


पानी लिनको लागि घण्टौंसम्म लाइन लगाएर जानुपर्ने बाध्यता समेत हटेको र घरघरमा धारा आएको छ, पन्थीले भन्नुभयो । वडा अध्यक्ष दर्लामीको पहलमा गाउँमा पानी ल्याउनको लागि स्थानीय गोपाल दमै, सूर्य पौडेल, ज्ञान प्रसाद भण्डारी, रमा नेपाली लगायतका उपभोक्ताहरुको अग्रसरतामा खानेपानी ल्याइएको हो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १३:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update