Erani Mahal
सरकारले नेपालकाे भूमि एक इन्च पनि मिच्न दिन्न : परराष्ट्रमन्त्री ज्ञवाली
IMG_0819

पाल्पा– परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवालीले सरकारले नेपाली भूमि एक इन्च पनि मिचिन नदिने बताउनुभएको छ । पछिल्लो समयमा भारतले नेपाली भूभागहरु समेटेर राजनीतिक नक्सा सार्वजनिक गरेको भन्दै त्यसको समाधान सरकारले कुटनीतिक तवरले गर्ने बताउँदै मन्त्री ज्ञवालीले नेपालको सीमा र नेपाली भूमि एक इन्चपनि तलमाथि गर्न नदिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।


पाल्पाली साहित्यकार निलकण्ठ न्यौपानेद्वारा लिखित खण्डकाव्य श्रम साधनाको विमोचन कार्यक्रममा पाल्पा आउनुभएका मन्त्री ज्ञवालीले अहिले विभिन्न क्षेत्रबाट नेपाली स्वाधिनता र नेपाली अस्मितालाई खलल पुर्याउने तत्वहरु लागिरहेको बताउँदै त्यसलाई सरकारले डटेर सामना गर्ने बताउनुभयो । पहिले अस्थितर सरकार र व्यक्तिगत स्वार्थले देशको समस्यामा लड्ने शक्ति हुँदैनथ्यो मन्त्री ज्ञवालीले भन्नुभयो अहिले जनताको भावना र सरकारको भावना मिलेकाले जनताको भावनामा ठेस लाग्ने काम सरकारले नगर्ने बताउनुभएको छ ।

राष्ट्रियताको सबालमा अहिले सत्ता पक्ष र प्रतिपक्ष भन्ने नै नभएर सबै नेपाली जनताहरु एकजुट भएकाले त्यसले सरकारलाई राष्ट्रियताको क्षेत्रमा थप उर्जा मिलेको बताउनुभयो । उहाँले नेपालको सीमा अहिलेको नभएर सुघौली सन्धि अनुसार भएकाले सबै तथ्य र तथ्यांकलाई आधारमानेर कुटीनितिक तवरले नै कालापानी लगायतका सीमा विवादहरु सरकारले सुल्झाउने बताउनुभयो । उहाँले २०१८ सालको जनगणना, मालपोत तिरेका रसिद नै कालापनी र लिपुलेक नेपालकै हो भन्ने प्रमाण हो त्यसमा सरकार कटिवद्ध रहेको बताउनुभयो ।


उहाँले मित्रताको नामका विदेशीको हस्तक्षेपलाई स्वीकार्दै नेपालले आफ्नो अधिकार छोड्न नसकिने बताउँदै एक इन्च जमिन पनि सरकारले रक्षा गर्दछ भन्नुभयो, मित्रताको नाममा हुने कुनैपनि प्रकारका विदेशी हस्तक्षेप सरकारलाई स्वीकार्य नहुने मन्त्री ज्ञवालीले बताउनुभयो । सरकारको पहिलो काम भूमिको रक्षा र राष्ट्रको नागरिकको रक्षा भएकाले यि काममा सरकार तत्पर रहेको बताउनुभयो ।


उहाँले नेपालका परिवर्तन भइरहेकोले सधैव गरीब भएर नवस्ने बताउनुभयो सरकारले केही वर्ष पछि नेपाललाई अल्पविकसितमुलुकबाट विकाससिल मुलुक बनाउने गरी सरकारले काम गरिरहेको बताउनुभयो । नेपालमा संघीयता नयाँ अभ्यास हो तर त्यसलाई असर नै पार्ने गरी हुने, सरकारलाई असफल पार्ने गरी गरिने काम सरकारले टुलुटुलु हेरेर बस्न नसक्ने बताउनुभो । उहाँले जातीय, धार्मिक र साम्प्रदायीक सद्भाव भड्काउने र राष्ट्रिय एकता माथि नै प्रहार गर्न केही देशी विदेशी तत्व लागेकाले त्यसलाई सरकारले निस्तेज पार्ने बताउनुभयो ।


सरकारले समृद्ध नेपाल र सुखी नेपालीको नारा सहित आफ्ना कामहरु अगाडि बढाएकाले केही गरेन भन्नु विरोधका लागि विरोध मात्रै हो भन्नुभयो, उहाँले सरकारले रामराज्य जस्तै गरेर एकै पटक परिवर्तन ल्याउने पनि त होइन, सदियौं देखी जगडिएको समस्या र जालो पन्छाउँदै सरकारले जनपक्षीय कामहरु गरिरहेको बताउनुभयो ।

प्रकाशित मिति: शनिबार, कात्तिक ३०, २०७६  १२:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update