Erani Mahal
पाल्पामा शिक्षक समायाेजन र विद्यालय मर्ज नहुँदा शिक्षा क्षेत्र भद्रगाेल
142803943647347309_338595803597526_2974040951539892224_n

पाल्पा - पाल्पा जिल्लाका १२ माध्यमिक विद्यालय शून्य दरबन्दीमा सञ्चालन हुँदै आएका छन् । मावि तहमा शिक्षक दरबन्दी नहुँदासमेत कक्षामा पठनपाठन हुँदै आएको छ । दरबन्दीबिना सञ्चालन ल्याइएका माविमा विषयगत शिक्षक अभावमा पठनपाठन हुँदा विद्यालयलाई समस्या परेको छ ।

तर जिल्लाका अधिकांश विद्यालयमा मापदण्ड अनुसार विद्यार्थी संख्या छैनन् । जिल्लाका सबैजसाे विद्यालयमा शिक्षक र विद्यार्थीकाे अनुपात १० देखि ३० जनासम्म छ । जबकी पहाडी जिल्ला पाल्पामा एक जना शिक्षक बराबर ४५ जना विद्यार्थी हुनुपर्ने हाे ।

शिक्षा विकास तथा समन्वय एकाइका अनुसार पाल्पा जिल्लामा १२ माध्यमिक विद्यालय शिक्षक दरबन्दीबिना नै सञ्चालनमा आएको शाखा अधिकृत विष्णु बेल्बासेले जानकारी दिनुभयो । जिल्लाको तिनाउ गाउँपालिका र रैनादेवी छहरामा सबैभन्दा बढी शून्य दरबन्दी विद्यालय रहेका छन् । दरबन्दी नपाएपनि स्थानीय स्राेतले विद्यालय संचालन भएका छन् ।

जिल्लाका कतिपय विद्यालयमा शिक्षक धेरै छन् । ती स्थानका शिक्षककाे दरबन्दी कटाैती हुन सकेकाे छैन । पहिले विद्यार्थी धेरै भएका विद्यालयमा अहिले शुन्य जस्तै छ । तर ती विद्यालयमा अहिले पनि ५/७ जना शिक्षककाे दरबन्दी छ । यसले पनि शिक्षा क्षेत्रमा भद्गाेल निम्त्याएकाे छ ।

तिनाउ गाउँपालिकामा तीन मावि, रैनादेवी छहरा गाउँपालिकामा तीन मावि, निस्दी, बगनासकाली र तानसेन नगरपालिकामा पनि समेत शिक्षकको दरबन्दीबिना नै कक्षा सञ्चालनमा आएको हो । अधिकांश विद्यालयमा प्रावि र निमावि तहकाे दरबन्दी छ । तर मावि तहकाे दरबन्दी भने कम छ । दरबन्दी शुन्य भएका विद्यालयमा शिक्षाले राहतका शिक्षककाे व्यवस्था भने गरेकाे छ ।

जिल्लामा दरबन्दी व्यवस्थापन र शिक्षक समायाेजन गर्नुपर्ने भएपनि साेही अनुसार काम हुन सकेकाे छैन । ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी संख्या घटेर विद्यालय नै मर्ज गर्नुपर्ने अवस्था छ । यद्यपी याे काम भने काम हुन सकेकाे छैन ।

शून्य दरबन्दीका मावि कहाँ छन्

पाल्पाको तिनाउ गाउँपालिकाको कोलडाँडामा बृद्ध मावि, तिनाउको दोभानस्थित थानीडाँडा, मस्यामको जनदीप मावि, रैनादेवी छहरा गाउँपालिकाको गहतेस्थित गहते मावि, भुवनपोखरीस्थित जोगवाणी मावि, जुठापौवास्थित गुहाठाना मावि रहेका छन् ।

पूर्वी पाल्पाको निस्दी गाउँपालिकाको मित्यालमा जनप्रिय मावि र ज्यामिरेका जनप्रिय मावि शून्य दरबन्दीमा पठनपाठन हुँदै आएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिका दुई माविमा हाल पनि शिक्षकलाई कसरी र कहिलेसम्म तलब खुवाउने भन्ने पिरलो छ । रिब्दीकोट गाउँपालिकाको ठिमुरेस्थित भाष्कर मावि र खस्यौलीको माविको समस्या उस्तै छ ।

जिल्ला सदरमुकाम तानसेन नगरपालिका–१ भूषलडाँडास्थित माविको समस्या पनि उस्तै छ । जिल्लाको नमूना पठनपाठन हुने विद्यालयको रुपमा नाम दर्ज गर्न सफल भए पनि मावि तहमा दरबन्दीका शिक्षक नहुँदाको पीडा यो माविलाई पनि छ । झण्डै ५१९ विद्यार्थी भूषलडाँडा माविमा पठनपाठन गर्छन् । विषयगत रुपमा शिक्षकको अभाव छ । निजी शिक्षकका भरमा मावि सञ्चालन गर्दा अभिभावकले विश्वास कम गर्ने समस्यासमेत भोगेका छन् । शिक्षक विद्यार्थी अनुपातमा एक शिक्षक बराबर ६८ विद्यार्थी रहे पनि स्थानीय तहबाट दरबन्दी नहुँदा विषयगत शिक्षकको अभाव विद्यालयले खेपेको शिक्षक राजेन्द्र बस्यालले बताउनुभयाे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  २१:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update