X
25
Shares

तिनाउँमा पूर्ण सरसफाईको लागि प्रशिक्षक प्रशिक्षण तालिम

रानीमहल संवाददाता || २९ कार्तिक २०७६,शुक्रबार १९:१२

पाल्पा– नेपाल रेडक्रस सोसाइटी पाल्पाले तिनाउँ गाउँपालिकामा पूर्ण सरसफाई घोषणाका लागि गाउँका स्थानीयलाई खानेपानी तथा स्वच्छता सम्बन्धि प्रशिक्षक प्रशिक्षण गरेको छ । तिनाउँ गाउँपालिका भित्रका ३० जना प्रशिक्षकहरुलाई पूर्ण सरसफाई गाउँपालिका घोषणा अभियानलाई सफल बनाउन प्रशिक्षक प्रशिक्षण दिइएको हो ।


तालिमका प्रमुख अतिथि तिनाउँ गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले गाउँपालिकाले पूर्ण सरसफाई गाउँ घोषणाका लागि आवश्यक तयारी थालिएको बताउनुभयो । उहाँले यस्ता खालका तालिमले सरसफाई र स्वच्छता साथै खानेपानीको व्यवस्थापनमा सहयोग गर्ने बताउनुभयो ।


तालिममा स्वच्छता, खानेपानी, साबुनपानीले हातधुने अभ्यास, फोहोरमैला व्यवस्थापन, शौचालय व्यवस्थापन लगायतका विषयमा तालिम दिइएको थियो । तालिममा कृष्ण सुवेदी, अमरमणी पौडेल, जगबहादुर घर्ती, तिलक श्रेष्ठ लगायतले प्रशिक्षण दिनुभएको थियो । एक वर्षभित्र पूर्ण सरफाई पालिका बनाउनका लागि रेडक्रस, सुआहारा र गाउँपालिका मिलेर काम गर्ने भएका छन् ।


तालिममा रेडक्रसका मन्त्री केशव पौडेल, कोषाध्यक्ष भीमसेन कार्की, तिनाउँ शाखाका प्रमुख अमर प्रधान, गंगा पुन, हरीकला कुमाल, जिल्ला सभापति बुद्धि प्रसाद शर्मा लगायतले बोल्नु भएको थियो । शर्माको सभापतित्वमा चलेको कार्यक्रम अधिकृत गंगा श्रीसले संचालन गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


काेराेना सचेतना सूचना

क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys