Erani Mahal
माैलादेवी आधारभूत विद्यालयको अभिभावक भेला सम्पन्न
75521730_2463325087070340_5192232160802635776_n

पाल्पा - मौलादेवी आधारभूत विद्यालय निस्दी -४, मित्याल मौलाथर पाल्पाको अभिभावक भेला बसेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर सुतिको अध्यक्षतामा बसेको भेलाले आगामी ३ वर्षे कार्य अवधी रहने गरी पान बहादुर सोतीको अध्यक्षतामा ९ सदस्यीय विद्यालय व्यवस्थापन समिती र २ वर्षे कार्य अवधी रहने गरी मान बहादुर सोमैको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ सर्बसहमतिबाट गठन गरेको छ।

विद्यालयका शिक्षक देवीलाल ठाडाको स्वागत मन्तव्यबाट शुरु भएको भेलामा मुख्य पाहुना निस्दी गाउँपालिका ४ नम्बर वडा मित्यालका अध्यक्ष न्यो बहादुर सुनारी , शिक्षा शाखा संयोजक नर बहादुर थापा, वडा सदस्य मन प्रसाद सोती लगायतले बोल्नुहुँदै नवगठित समितिलाई कार्यसफलताको शुभकामना व्यक्ता गर्नुभएको थियो ।

भेलाको संचालन विद्यालयका प्रधानाध्यापक धन बहादुर ठाडाले गर्नुभएको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १८:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update