Erani Mahal
तीन जनाकाे हत्यामा संलग्न अभियुक्त सार्वजनिक
hatya-1-1000x642

गुल्मी - जिल्लाको चन्द्रकोट गाउँपालिका-३, हर्राचौरमा दुई छोरी सहित एक आमाको हत्यामा संलग्न भएका दुई जनालाई प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजिनिक गरेको छ । जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी अपराधमा संलग्न रहेकालाई व्यक्तिलाइ सार्वजनिक गरेको हो ।

हत्याकाण्डमा संलग्न भएको आशंकामा प्रहरीले बुधबार राती कास्कीबाट २ जनालाई पक्राउ गरेको थियो । प्रहरीका अनुसार बागलुङको गल्कोट नगरपालिका–८ ज्यामिरेका १९ वर्षका माधव सुनार र ४६ वर्षका पूर्णबहादुर सुनार पक्राउ परेका हुन् ।

अर्का एक जना फरार भएकाले नाम थर सहितको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्र सिंह खड्काले जानकारी दिनुभएकाे छ । तीन जनाकाे हत्या गरेकाे शब हर्राचौरको चौराली पोखराको जंगलमा कात्तिक १६ गते फेला परेकाे थियाे ।

मृतक तीनै जनाको पहिचान खुलेको प्रहरीले जनाएकाे छ । पोखरा महानगरपालिका २५ हेम्जा स्थित लामाचौतारामा डेरामा बस्दै आएकी ३२ वर्षकी सरिता भन्ने शिवमाया मगर र उहाँकाे दुई जुम्ल्याहा ७ वर्षिय गंगा मगर र जमुना मगर रहेको प्रहरीले जनाएको छ । घटना पश्चात प्रहरीले उक्त शवलाई अनुसन्धानको लागि जिल्ला अस्पताल पाल्पामा राखेको थियो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २९, २०७६  १४:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update