Erani Mahal
कालीगण्डकी नदीमा बेपत्ता युवाकाे शव दुई सातापछि फेला
death-sign

पाल्पा - जिल्लाको रामपुर नगरपालिका-८, खोरियाघाटबाट कालीगण्डकी नदीमा वेपत्ता भएका युवाको शव फेला परेको छ । १३ दिनअघि वल्ड लिंङ्क कम्युनिकेशनको फाईवर तार बिछ्याउने क्रममा नदीमा बेपत्ता भएका युवाकाे शब तनहुँकाे बुङ्लिङ्टार सतीघाटमा फेला परेकाे हाे ।

नदीमा तार तान्ने क्रममा रूपन्देही जिल्ला रोहिणी गाउँपालिका-४, २४ वर्षिय जयकिशोर यादव नदीमा वेपत्ता हुनुभएकाे थियाे । नदीमा बेपत्ता भएदेखि नै यादवकाे खाेजी कार्य भएकाे थियाे ।

यादवकाे खोजी गर्दा नदी किनारबाट यादवकाे हातको औँठी र बाला साथै घाँटीको मालाबाट आफन्तले शबकाे पहिचान गरेका थिए । यादवको शव नवलपुर जिल्ला अस्पताल डण्दामा पोष्टमार्टम पछि परिवारलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  २१:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update