Erani Mahal
पाल्पाकाे दोभान र भुवनपोखरीमा 'न्वागी महोत्सव' हुने
trre

पाल्पा – तिनाउ गाउँपालिका—२, झ्याङ्ला र रैनादेवी छहरा–३, भुवनपोखरीमा न्वागी महोत्सव हुने भएको छ । आगामी मंसिर ५ गते दोभानको झ्याङ्लामा न्वागी महोत्सव गर्ने तयारी भईरहेको तिनाउ गाउँपालिकाका प्रवक्ता राजेश श्रेष्ठले जानकारी दिनुभयो । रैनादेवी छहराकाे भुवनपाेखरीमा मंसिर ९ र १० गते विशेष मेला गर्ने तयारी गरिएकाे छ ।

यस्तै रैनादेवी छहरा–३, भुवनपोखरीको रैनादेवी मन्दिरमा न्वागी महोत्सव हुन लागेको हो । न्वागी महोत्सवमा नयाँ धान भित्र्याएपछि नयाँ चामल देवीको मन्दिरमा चढाएर खाने प्रचलन हो । नयाँ चालम पहिले देवीको घरमा चढाउने र त्यसपछि त्यहाँका स्थानीय बासिन्दाले नयाँ चामल, दही र केरा मिसाएर न्वागी खाने प्रचलन रहेको रैनादेवी छहरा–३, का वडा अध्यक्ष लालबहादुर दर्लामीले बताउनुभयो ।

फाइल तस्विर : भुवन रायमाझी ।


दोभान र रैनादेवी छहरामा न्वागी महोत्सव भव्य रुपमा गर्नका लागि तयारी भईरहेको छ । स्थानीय सरकार र मन्दिर व्यवस्थापन समितिले न्वागी खानका लागि तयारी गरेको बताएका छन् ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २८, २०७६  २०:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update