Erani Mahal
पठनपाठनमा प्राेत्साहन गर्न प्रहरीद्वारा शैक्षिक सामग्री वितरण
kj

पाल्पा - सामुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बाल बालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएकाे छ । जिल्लाकाे रामपुर नगरपालिका १० नं. स्थित सिद्ध प्राविका विद्यार्थीहरूलाइ शैक्षिक सामग्री प्रदान गरिएकाे हाे ।

विद्यार्थीहरूलाइ विद्यालय जान प्रोत्साहित गर्ने र बालबालिकालाई घरेलु हिंसाबाट जाेगाउने कार्यक्रमकाे उद्धेश्य छ । यस्तै ट्राफिक, सामाजिक विकृति तथा सरसफाई सम्बन्धी जनचेतनामूलक सन्देश प्रदान गर्ने समेत यसकाे उद्धेश्य रहेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताउनुभयाे ।

सामुदायिक बिद्यालयहरु लक्षित विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुलाई पठन पाठनको क्रममा आवश्यक पर्ने शैक्षिक सामाग्रीहरु बिवरण गरिएकाे उहाँले जानकारी दिनुभयाे । यसका लागि प्रहरीले जिल्लामा शैक्षिक समाग्री बैंक स्थापना गरेकाे छ ।

त्यसका लागि जिल्लाका विभिन्न व्यक्तिहरूले शैक्षिक सामग्री, किताव, कापी, कलम, इरेजर, पेन्सल प्रदान गरेका छन् । शैक्षिक सामग्री वितरण कार्यक्रममा सामुदायिक सेवा केन्द्र पाल्पाका पदाधिकारीहरू सिद्ध प्राविका व्यवस्थापन सिमितका अध्यक्ष केमल सिं बिकको अध्यक्षतामा भएकाे हाे । यस्तै रामपुर नगरपालिका वडा नं. १० का वडा अध्यक्ष लिल बहादुर गाहा, सामुदायिक सेवा केन्द्र, पाल्पाका अध्यक्ष जय प्रकाश उप्रेती समेत सहभागी रहनुभएकाे थियाे । शैक्षिक सामग्री ३० जना विद्यार्थीहरूलाइ प्रदान गरिएकाे हाे ।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update