Erani Mahal
तिनाउकाे कचलमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न
54

पाल्पा - तिनाउ गाउँपालिका वडा न १ कचलमा रहेकाे युवा वर्ष माविमा अभिभावक शिक्षा कार्यक्रम सम्पन्न भएको छ । प्रवक्ता तथा सामाजिक विकास समितिका संयाेजक राजेश श्रेष्ठ र गाउँपालिकाकी शिक्षा अधिकारी लक्ष्मी कुँवरले सहजीकरण गर्नुभएको थियाे ।

त्यस्तै साेही विद्यालयमा भएको अभिभावक भेलाले रेवन्त छहरीकाे अध्यक्षतामा नयाँ विद्यालय ब्यवस्थापन समिति गठन गरेकाेछ। साे कार्यक्रम शिक्षा अधिकारी लक्ष्मी कुँवरकाे अध्यक्षतामा गाउँपालिकाकी उपाध्यक्ष दमयन्ती थापाकाे प्रमुख आतित्थ्यतामा सम्पन्न भएकाे थियाे ।

वडा नं १ का वडा अध्यक्ष राेम बहादुर लम्तरी, वडा नं २ का वडा अध्यक्ष तथा प्रवक्ता राजेश श्रेष्ठ, रेवन्त छहरी, लगायतले शुभकामना मन्तब्य राख्नुभएकाे थियाे ।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update