Erani Mahal
निस्दीमा उपभोक्तालाई योजना सन्चालन सम्बन्धी तालिम
74627021_429468724382377_2667846599794753536_n

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर-६,अर्चले, पाल्पाका लागि योजना सन्चालन सम्बन्धि एक दिने तालिम बुधबार सम्पन्न भएको छ । निस्दी गाउँपालिका,पाल्पाको आयोजनामा चलेको कार्यक्रम निस्दी गाउँपालिका पाल्पाका प्रबक्ता तथा निस्दी गाउँपालिका वडा नम्बर-६,का वडाध्यक्ष मेख बहादुर सुनारीको अध्यक्षतामा चलेको हो ।

तालिममा योजना तथा कार्यक्रम सम्झौता किन र कसरी गर्ने,फर्स्यौट कसरी गर्ने आवश्यक प्रक्रिया बारे जानकारी गराइएको थियो । अर्चलेका विभिन्न योजना तथा कार्यक्रमका अध्यक्ष र कोषाध्यक्षहरुका लागि सन्चालन गरिएको तालिममा ५० जनाको सहभागिता रहेको थियो ।

यस वर्ष अर्चलेमा मात्रै गाउँपालिका बाट करीब १ करोड ३७ लाख र स्थानीय जनसहभागिताबाट १३ लाख गरि १ करोड ५० लाख बराबरको ३३ वटा योजनाहरु रहेको वडाध्यक्ष सुनारीले बताउनुभयो ।

त्यसैगरी त्यस बाहेक डुम हाउस निर्माण,प्लास्टिक पोखरी,माछापोखरी निर्माण योजनाका साथै गत वर्षकै कागती पाकेट क्षेत्र कार्यक्रमलाई निरन्तरता दिइएको जानकारी समेत दिनुभएको थियो ।

निस्दी गाउँ कार्यपालिका सदस्य मिम्श्री बयम्बुको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सन्चालन वडा कार्यालय सहायक मित्र बहादुर सोमैले गर्नुभएको हो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २७, २०७६  १८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update