Erani Mahal
उद्धबुद्ध कलेजकाे १३ औँ  साधारणसभा सम्पन्न
tre

पाल्पा - उद्बुद्ध कलेजकाे १३ औँ साधारण सभा सम्पन्न भएको छ । वि.स. २०६३ सालमा पाल्पाकाे पूर्वी क्षेत्रको जनतालाइ उच्च शिक्षा दिने उदेश्यले स्थापना भएकाे कलेजकाे १३ औँ साधारणसभा भएकाे हाे ।

कलेजले १३ औ वसन्त पार गरी १४ औ बसन्तमा प्रवेश गरेकाे छ । साधारणसभाका प्रमुख अतिथि नेकपा पाल्पाका जिल्ला कमिटी अध्यक्ष तथा प्रेदेश ५ का सांसद नारायणप्रसाद आचर्याले स्थापना कालमा भोगेका भोगाइ तथा अनुभव राख्नुभयाे । उहाँले यस क्षेत्रका जनताकाे माग अनुसार कलेज संचालन भएकाे बताउँदै जनतालाइ शिक्षित गर्ने कार्यमा कलेजकाे महत्वपूर्ण भूमिका खेलेकाे बताउनुभयाे ।

साधारणसभामा कलेजका प्रमुख शुशिल न्यौपानेले वार्षिक प्रतिवेदन पेश गर्नुहुँदै सामुदायिक स्तरमा चलेको यस कलेजमा जम्मा ८० जना छात्रा र ३६ जना छात्र गरेर जमा ११६ जना विद्यार्थीहरू अध्यनरत रहेको जानकारी दिनुभयाे ।

उहाँका अनुसार १७ जना प्राध्यापक ३ जना कर्मचारी रहेको कलेजले एक वर्षमा ५६ लाख ५३हजार ४सय ६६ अाम्दानी र खर्च भएकाे सुनाउनुभयाे । अर्का प्रदेश सभा सदस्य युवराज खनालले पूर्पावी पाल्पाको थोरै कलेज मध्ये यस कलेजकाे प्रगतिकाे कामना गर्नुभयाे ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नुन बहादुर थापा, गाउँपालिकाकी उपाध्यक्ष भागरथी भट्टराइ, रम्भा गाउपलिका -५ वडा अध्यक्ष खुम कान्त बस्याल, रम्भा बहुमुखी क्यापस कलेज कलेज प्रमुख दुर्गा प्रसाद अर्यायाल, शिक्षा बिद् निलकण्ठ न्यौपाने, जिबनाथ न्यौपाने, रिङ्नेरह स्वास्थ्य चौकी प्रमुख श्रीराज आचार्य, उद्ध्बुद्ध स्वबियु पूर्व सभापती जिवन आचार्य, उद्द्बुद्ध स्वबियु सभापति नबिन आचार्य लगायतले कलेजको उत्तराेत्तर प्रगतीको कामना गर्दै शुभकामना दिनुभयाे ।

कार्यक्रम उद्ध्बुद्ध कलेज प्राध्यापक हरि न्यौपानेको संचालन कलेज उपप्रमुख शिबलाल अधिकारीको स्वागत, कलेज संचालन समितिका अध्यक्ष नरेश चन्द्र ढकालको अध्यक्षतामा चलेको थियो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update