Erani Mahal
नेपालकाे भूमि अतिक्रमण बिरूद्ध हस्ताक्षर अभियान
IMG_4339

पाल्पा – भारतले जारी गरेको नक्सा सच्याउन माग गर्दै यहाँका दुई युवा सङ्गठनले हस्ताक्षर सङ्कलन गरेका छन् । नेकपा निकट अनेरास्ववियु र नेपाल युवा सङ्घले सङ्कलन गरेको ३० हजार बढी मानिसहरूको हस्ताक्षर पाल्पाका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई बुझाइएको छ ।


सङ्गठनका पदाधिकारीहरूले मङ्गलबार नेपालको भूमि भारतको नक्सामा परेको प्रति आपत्ति जनाउँदै उक्त नक्सा सच्याउनुपर्ने पक्षमा भएकाहरूको हस्ताक्षर बुझाएका हुन् । अनेरास्ववियुका जिल्ला अध्यक्ष प्रेम बगालेले भारतले जारी गरेको नक्साको विपक्षमा भएको हस्ताक्षर प्रजिअमार्फत प्रधानमन्त्रीलाई बुझाइएको जानकारी दिनुभयो ।


हस्ताक्षर बुझ्नुहुँदै पाल्पाका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले युवा र विद्यार्थीहरुले संकलन गरेको हस्ताक्षर गृहमन्त्रालयमार्फत प्रधानमन्त्रीको कार्यालयमा पठाउने बताउनुभयो । भारतले सार्वजनिक गरेको नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा आफ्नो भू–भागमा परेको उल्लेख गर्दै युवा सङ्घका अध्यक्ष धनेन्द्र घिमिरेले सबै नेपाली एक भएर भूमी जोगाउन लाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, कात्तिक २६, २०७६  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update