Erani Mahal
लुम्बिनी मेडिकल कलेजको लापरवाहीले पेटको उपचार गर्न आएकी गुल्मीकी युवतीको मृत्यू
citing-losses

पाल्पा । अस्पतालको लापरवाहीको कारण पेटको उपचार गर्न आएकी गुल्मीको एक युवतीको अकालमै ज्यान गएको छ । गुल्मीको रेसुंगा नगरपालिका ८ खानीगाउँकी १७ वर्षीया लक्ष्मी रसाइलीलाई कात्तिक २३ गते पेट दुखेर उपचार गर्न पाल्पाको लुम्बिनी मेडिकल कलेजमा उपचारको लागि ल्याएको थियो । छोरीको शनिवार बिहानपख अलि अलि पेट दुख्यो भनेर अस्पताल ल्याएका थियौै आमा रेश्मा रसाइलीले भन्नुभयो स्थानीय स्वास्थ्य संस्थाले स्वास्थ्यकर्मीले उनलाई एपेन्डिक्स भएको हुन सक्ने भन्दै थप उपचारका लागि पाल्पा लैजान दिएको सुझाव अनुसार लुमेकमा ल्याएको तर अस्पतालले लापरवाहीको कारण छोरीको उपचार हुन नसकेको बताउनुभयो ।


आइतवार बिहानै डाक्टरको सल्लाह बमोजिम उनको उनको रगत, दिसा, पिसाव सबै जाच भयो । यी सबै जाचका लागि लक्ष्मी स्वयम् आफै सम्वन्धित वार्डमा पुगेकी थिइन् ।
मध्यान्ह १२.३० मा रिपोर्ट आयो उनको एपेन्डिक्सको अपरेशन गर्नुपर्ने भन्दै परिवारसित सल्लाह भयो । डाक्टरले सुरुमा कम्प्युटर प्रविधिबाट एपेन्डिक्सको अपरेशन गर्ने भन्दै परिवारसित लिखित मञ्जुरी लिए । त्यतिञ्जेल लक्ष्मीमा बिरामीको कुनै पनि थिएन । उनकी आमा रेश्माले भक्कानिदै भन्नुभयो, छोरी आफै ठाउँ ठाउँमा पुगेर रगत दिसा पिसाव दिएकी हुन्, अपरेशन गर्ने ठाउँमा जाने बेला पनि उनी राम्रै गरि बोलेर गएकी हुन् तर फर्कदा न उनको बोली सुन्न पाए, न त छोरी नै ।”

पुनः २.३० मा डाक्टरले समस्या केही जटिल भएको भन्दै अपरेशन गर्नुपर्ने भन्दै पुनः परिवारबाट लिखित अनुमति लिए । रगत चाहिने भन्दै डाक्टरले बताएपछि परिवार स्रोत रगतको खोजीमा लागे । त्यतिञ्जेल साँझको लगभग ४ बजिसकेको थियो । पछि उनका आफन्तीहरु पनि थपिएपछि बिरामीको स्वास्थ्य अवस्थाबारे चासो भयो ।
बिरामीको स्वास्थ्य अवस्थामा कुनै सुधार नआएको, एपेडिक्सको अपरेशन गर्ने क्रममा उनको पाठेघर लगायतमा रगत जमेको पाइएको र नशासम्वन्धी बिशेषज्ञ मेडिकलमा नभएकोले थप उपचार सम्भव नभएको भन्दै मेडिकलका डाक्टरले भने । त्यसपछि मात्रै उनलाई थप उपचारका लागि आइतबार साँझ ८.३० मा भैरहवा लगिएको थियो । एम्बुलेन्समा डाक्टर र नर्सहरु मात्रै थिए त्यसैले लक्ष्मीको स्वास्थ्य अवस्थाबारे परिवारले थाहा समेत पाउन सकेनन् । परिवार स्रोत अर्कै गाडीमा भैरहवा पुगे ।

भैरहवा पु¥याउने बित्तिकै पनि उनको उपचार सुरु हुन सकेन । झण्डै आधा घण्टा उनले उपचारको प्रतिक्षा एम्बुलेन्सबाटै गर्नुप¥यो । अन्ततः उनको उपचार सम्भव नभएको भन्दै अस्पतालले बिहान ५ बजेपख मृत घोषणा ग¥यो ।

पिडित परिवारले अस्पतालको लापरबाहीले आफ्नी छोरी गुमाउनु परेको बताएका छन् । मृतक लक्ष्मीका दाजु बिकास रसाइलीले अस्पतालले लापरबाही गर्दा बहिनी गुमाउनुपरेको बताए । “ढिलो गरि हामीलाई अन्यत्र लैजानुस् भनियो, त्यसमाथि लक्ष्मीलाई लगिएको एम्बुलेन्समा हामी कसैलाई पनि बस्न दिइएको थिएन । उनलाई लैजाने बेला आखामा पट्टि समेत बाधिएको थियो, उनको अवस्था के छ भन्नेबारे हामीले यहीबाट हिड्ने बेला नै मेसो पाएका थिएनौं ।” उनले भने ।

अस्पतालका डाक्टर राजकुमार क्षेत्रीले उनको नसा फुटेकोले रगत बगिरहेको र यहाँ त्यसप्रकारको प्रविधि र जनशक्ति नभएकोले तत्काल भैरहवा पठाएपनि उनको उपचार सम्भब नभएको बताए । उनको शव अहिले भैरहवा अस्पतालमा रहेको छ । पिडित पक्षका गाउँलेहरु अस्पतालमा आइपुगेका छन् । उनीहरुले अस्पतालको लापरबाही भएको भन्दै न्यायको माग गरेका छन् । दुबै पक्षबीच सहमतिका लागि प्रयास भएको छ । पत्रकार यज्ञमूर्ति तिमिल्सेनाको लेखको सहयोगमा तयार गरिएको सामग्री ।

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  २०:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update