Erani Mahal
शिक्षा क्षेत्रमा याेगदान पुर्‍याएकाे भन्दै जापानी नागरिक (ओकेबाजे) पुरस्कृत
ok-baje

पाल्पा - तीन दशकदेखि पाल्पाको ग्रामीण क्षेत्रमा रहेर निरन्तर सामाजिक सेवामा क्रियाशील जापानी नागरिक काजुमासा काकिमी (ओकेबाजे)लाई पुरस्कृत गरिएको छ । उहाँले पाल्पा जिल्लामा रहेर शैक्षिक क्षेत्रमा पुर्‍याएकाे योगदानको मूल्याङ्कन गर्दै रूपन्देहीकाे भैरहवामा स्वरस्वती दशरथ भट्ट स्मृति शिक्षा पुरस्कार गरिएको हो ।

साहित्यकार तथा उच्च अदालत बुटवल इजलासका प्रमुख न्यायाधीश शेषराज सिवाकोटीले सम्मान गर्दै शैक्षिक क्षेत्रमा पुर्‍याएकाे योगदानको खुलेर प्रशंसा गर्नुभयो । चिकित्सक गोविन्दबल्लभ भट्टले स्थापना गरेको उक्त पुरस्कार ओकेबाजेलाई शहीद स्मृति पुस्तकालयको १८ औँ वार्षिकोत्सवको अवसरमा समर्पण गरिएको हो ।

फाइल तस्विर ।

ओकेबाजेले पाल्पा जिल्लाका १८० भन्दा बढी विद्यालय एवं विभिन्न सङ्घसंस्थाको श्रीवृद्धिमा पु¥याएको योगदान अतुलनीय रहेकाले उनलाई पुरस्कृत गरिएको वरिष्ठ साहित्यकार वनमाली निराकारले बताउनुभयो ।

शहीद स्मृति पुस्तकालयका अध्यक्षसमेत रहनुभएका निराकारले जापानी नागरिकले पाल्पामा गरेको कर्मलाई भैरहवाले सम्मान गर्न पाउँदा खुशी लागेको बताउनुभयो । पुरस्कार ग्रहणपश्चात ओकेबाजेले नेपालले आफूलाई धेरै कुरा सिकाएको बताउनुभयो ।नेपालको संस्कृति संसारकै अनुकरणीय संस्कृति भएको भन्दै आफूसँग भएको चिज बाँडेर खानुपर्दछ भन्ने संस्कार आफूले नेपालमै सिकेको उहाँको भनाइ थियो ।

उहाँले जापान जन्मथलो भएतापनि नेपालले कर्म गर्न सिकाएको भन्दै नेपालीको माया र सम्मानले झनै उत्साहित बनाएको बताउनुभयो । ७८ वर्षीय ओकेबाजेको नेपाल लगाव पनि गज्जबकै छ । विसं २०५० मा नेपालको अन्नपूर्ण बेसक्याम्प घुम्न आउँदा पाल्पाको पूर्वखोलास्थित ढोलीमारामा बस्न पुग्नुभएको थियो ।

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update