Erani Mahal
सीमा अतिक्रमण बिरूद्ध पाल्पाकाे विभिन्न स्थानमा बिराेध प्रदर्शन जारी
74326988_2545078245539926_5128023864311283712_n-1

पाल्पा - भारतले नेपालकाे भूभागलाइ समेटेर नक्सा सार्वजनिक गरेकाे बिराेधमा पाल्पाका विभिन्न स्थानमा बिराेधका कार्यक्रमहरू भइरहेका छन् । तानसेनमा विभिन्न विद्यार्थी संगठनहरू नेवि संघ, अनेरास्ववियु, अखिल छैठाैँले बिराेधका कार्यक्रम गरिरहेका छन् । नेपाल विद्यार्थी संघले बिराेध र्याली गरिरहेकाे छ । अनेरास्ववियुले हस्ताक्षर अभियान चलाएकाे छ । छैठाैंले बिराेध सभा र पुत्ला दहन गरेकाे छ ।

यस्तै पूर्वी पाल्पाकाे पूर्वखाेलामा समेत उद्दबुद्ध कलेजका स्वतन्त्र विद्यार्थी युनियनले बिराेध र्याली निकालेकाे छ । उद्दबुद्ध कलेज स्वतन्त्र विद्यार्थी युनियनका सभापति नबिन आचार्यको संयोजकत्वमा विरोध र्याली निकालिएको हो।

उद्दबुद्ध कलेजको प्रवेशद्वार बाट सुरुभएको विरोध र्यालीले सिमा मिच्न पाईदैन , हाम्रो देश प्राण भन्दा प्यारो छ, सिमा अतिक्रमण बन्द गर लगाएतका नारा जुलुस सहित विर्ता बजार, गाउँपालिकाको कर्यालय, दौरिगौडा हुँदै पूर्वखोला गाउँपालिकाको खेलमैदानमा आई भारतीय प्रधान मन्त्री नरेन्द्र मोदिको पुत्ल दहन गरेर कोणसभा समेत गरेको थियो ।

कोणसभालाई सम्बोधन गर्दै स्ववियु सभापती नबिन आचार्यले नेपाली भुमि लिपुलेक, कालापानी, लिम्पियाधुरा माथि भारतले गरेको अतिक्रमणको घोर विरोध गर्दै जबसम्म भारतको यस्ता गतिविधि रोकिन्न तबसम्म विद्यार्थी युनियनले आफ्नो आन्दोलन जारी राख्ने बताउनुभयाे ।

सभापति आचार्यले नेपाल र नेपाली भुमिको रक्षाकालागी विद्यार्थी युनियनले जुन सुकै मुल्य चुकाउन पनि पछी नपर्ने भन्दै हरेक टोल टोलबाट बुलन्द आवाज सहित जुरमुराउन समेत आग्रह गर्नुभयाे ।

प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  ०८:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update