Erani Mahal
पाल्पामा शिक्षणमा डिजिटल प्रविधि प्रयोग सम्बन्धमा छलफल
dda-

पाल्पा– नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) पाल्पाको आयोजनामा एक दिने शिक्षणमा डिजिटल प्रविधिको प्रयोग सम्बन्धि एक दिवसीय कार्यशाला शनिवार तानसेनमा सम्पन्न भएको छ ।


कार्यशालामा नेल्टाका केन्द्रिय सदस्य होमराज खड्काले कक्षाशिक्षणमा मोबाइल एप्स्को प्रयोग, गुगल क्लाशरुम, सोक्रेटिभजस्ता एप्स्का प्रयोगात्मक कार्यशाला सञ्चालन गर्नुभएको थियो भने नेल्टा प्रदेश नं. ५ समितिका वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद वश्यालले डिजिटल स्रोतको उपयोग र मोबाइल एप्स्को प्रयोग गरिएको नमुना कक्षा प्रदर्शनी गर्नुभएको थियो । त्यसैगरी नेल्टा दाङ समितिका उपाध्यक्ष तुल्सीराम डाँगीले पेशागत विकासका लागि अनलाइन कोर्ससम्बन्धि अभिमुखीकरण गर्नुभएको थियो ।



सूचना प्रविधिको नवीनतम विकास र उपलब्ध डिजिटल स्रोतको प्रयोग गर्न सकियो भने मात्र कक्षाशिक्षण विविधतायुक्त र परिवर्तित ज्ञान, प्रविधि र तरिकाहरुको प्रयोगबाट शिक्षणसिकाइ प्रभावकारी हुने भएकाले हरेक शिक्षकमा कम्प्युटर र इन्टरनेटको सहायताबाट शिक्षण गर्ने दक्षता आवश्यक भएकोले शिक्षकले आपूmले कम्प्युटरसम्बन्धि दक्षता विकास गर्नुपर्नेमा कार्यशालामा जोड दिइएको थियो । विद्यालयमा मोबाइल निषेध गर्ने नभै शिक्षकले शिक्षणसिकाइको साधनका रुपमा प्रयोग गर्न सक्नुपर्ने महसूस भएको सहभागि शिक्षकहरुले बताउनु भयो ।


विभिन्न विद्यालयका २९ जना शिक्षकहरू सहभागी कार्यशालाको समापन नेल्टा पाल्पाका अध्यक्ष खेमबहादुर रानाको अध्यक्षता, उपाध्यक्ष कमलराज बस्यालको स्वागत र सचीव हरिप्रसाद घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update