Erani Mahal
तिनाउँकाे कचलमा सहकारी शिक्षा तालिम
ssa

पाल्पा– तिनाउँ गाउँपालिकाले आफ्नो क्षेत्रका स्थानीयहरुलाई सहकारी शिक्षा तालिम दिएको छ । एक घर एक सहकारी सदस्य नारा लिएर काम अगाडि बढाएको पालिकाले वडा नं. १ कचलमा १ सय ६० घरधुरीका सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेको हो ।

तालिम समापन कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका प्रमुख ओमबहादुर घर्ती मगरले सहकारी शिक्षाले गाउँमा चेतनासँगै आर्थिक विकासमा सहयोग पुग्ने बताउनुभो । उहाँले गाउँमा सहकारी स्थापनाको लागि भौतिक र प्राविधिक सहयोग गाउँपालिकाले उपलव्ध गराउने समेत बताउनुभयो । वडा नं. ५ का अध्यक्ष दलबहादुर दर्लामी, स्थानीय यम घर्ती, चम्पा थापा, भद्रबहादुर गाहा, वडा अध्यक्ष रोमबहादुर लम्तरीले आफ्नो क्षेत्रमा सहकारी स्थापना गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।


कार्यक्रम वडा अध्यक्ष रोमबहादुर लम्तरीको अध्यक्षता, तिनाउँ गाउँपालिकाका नासु शिव आत्रेको संचालनमा भएको थियो ।


सहकारीको भेलाले केशव भण्डारीको अध्यक्षतामा नयाँ कृषि सहकारी सस्था लिमिटेडको स्थापना समेत गरेको छ । जसको सचिवमा यमबहादुर घर्ती र कोषाध्यक्षमा सन्तोष दर्जी रहनुभएको छ ।
तिनाउँमा २१ वटा सहकारी रहेकामा अहिले एक थपिएर २२ पुगेको छ । तालिमको सहजिकरण सिकोडर नेपालले गरेको थियो ।

प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  ०७:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update