Erani Mahal
पाल्पा उद्याेग वाणिज्य संघकाे वाणिज्य उपाध्यक्षमा कार्की विजयी
61459335_1298404790340987_5669200425190948864_n

पाल्पा – पाल्पा उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्षमा यादव सिंह कार्की विजयी हुनुभएको छ । संघको वाणिजय उपाध्यक्ष पदमा दीपक पाण्डेय र कार्कीका बीचमा मतदान भएको थियो । मतपरिणाम अनुसार ३ सय ५९ मत सहित कार्की विजयी हुनुभएको छ । कार्की संघकाे निवर्तमान महासचिव समेत रहनुभएकाे थियाे ।

उहाँको निकटतम प्रतिद्वन्द्वी दिपक पाण्डेयले २ सय ८४ मतमात्र प्राप्त गर्नुभएको थियो । कार्कीले पाण्डेयले भन्दा ७५ मत बढी ल्याउनुभएको थियो । वाणिज्य उपाध्यक्षका लागि कार्की र पाण्डेयका बीचमा प्रतिष्पर्धा भएको थियो । कार्की विजयी भएसँगै संघकाे संस्थापन पक्ष कमजाेर बन्दै गएकाे आँकलन गरिएकाे छ । कार्कीले संघमा पहिलेकै नेतृत्व दाेहाेरिएकाे भन्दै नयाँ नेतृत्वलाइ बाटाे छेक्न खाेजेकाे भन्दै असन्तुष्टि प्रकट गर्नुभएकाे थियाे ।

तस्विर कार्कीकाे फेसबुक पेजबाट ।

संघको अध्यक्ष पदमा राजु महर्जनको मात्र एकल उम्मेदवारी परेको छ । यस्तै उद्योग उपाध्यक्षमा भीमबहादुर श्रेष्ठको उम्मेदवारी परेको छ । यस्तै क्षेत्र नं. ३, ७, १० र १३ मा समेत चुनाव भएको थियो ।

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  २०:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update