Erani Mahal
पूर्वखाेला गाउँपालिकाले सुत्केरीकाे घरमै स्वास्थ्यकर्मी खटाउने
yyyt

पाल्पा - पूर्वखोला गाउँपालिकाले स्वास्थ्य क्षेत्रमा नमुना काम गर्दै आइरहेको छ । यसैबीच पूर्वखोला गाउँपालिकाले शुन्य होम डेलिभरी घाेषणालाइ प्रभावकारी रूपमा कार्यान्वयन गर्न सुत्केरी महिलाकाे घर-घरमा स्वास्थ्यकर्मी खटाउने भएकाे छ ।

सुत्केरीकाे घरमा नर्स र अनमीलाइ घरमै खटाएकाे हाे । सुत्केरी र बच्चाकाे अवस्था, हेरचाह र सल्लाहसुझावका लागि स्वास्थ्यकर्मीलाइ सुत्केरीकाे घरमै खटाइएकाे गाउँपालिकाले जनाएकाे छ । गाउँपालिकाले २४ घण्टा बर्थिङ् सेन्टरमा हेरचाह र तीन र सात दिनकाे दिन सुत्केरीकाे घरमा स्वास्थ्य कर्मी खटाउने स्वास्थ्य शाखा प्रमुख माेहन ढकालले जानकारी दिनुभयाे ।

स्वास्थ्यकर्मी सुत्केरीकाे घरमै खटाउन भन्दै गाउँपालिकाले तालिम, परामर्श र कर्मचारीलाइ भत्ताकाे समेत व्यवस्था गरेकाे छ । त्यसका लागि गाउँपालिकाले २ लाख रूपियाँ बजेट विनियाेजन गरेकाे गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले जानकारी दिनुभयाे ।

मातृ तथा शिशु मृत्युदर शुन्यमा झार्ने र घरमा सुत्केरी हुने संख्या शुन्य गर्न गाउँपालिकाले विशेष अभियान नै चलाएकाे छ । ५ नं. प्रदेशमै पूर्ण संस्थागत सुत्केरी गाउँपालिका घाेषणा पछि गाउँपालिका कार्यान्वयनकाे चरणमा लागेकाे छ ।

गाउँपालिकाले छ वटै स्वास्थ्य संस्थाका कर्मचारीहरूका लागि गाेष्ठी देवीनगरमा संचालन गरेकाे छ । उक्त गाेष्ठी देवीनगरका वडाअध्यक्ष एवं स्वास्थ्य व्यवस्थापन समितिका अध्यक्ष रिमप्रसाद श्रेष्ठकाे अध्यक्षता चलेकाे थियाे ।

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  १८:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update