Erani Mahal
पाल्पा उद्योग वाणिज्य संघको निर्वाचन सुरु,  वाणिज्य उपाध्यक्षमा कडा टक्कर
74651347_2239506106341829_615284572304703488_n

पाल्पा– पाल्पा उद्योग वाणिज्य संघ नेतृत्व चयनको लागि निर्वाचन प्रक्रिया सुरु भएको छ । शनिवार विहान ७ बजेदेखि नै मतदानका लागि मतदाताहरु लाइनमा लागेका छन् । आगामी तीन वर्षको नेतृत्वका लागि वाणिज्य उपाध्यक्ष पदमा र ३ वटा क्षेत्रको सदस्य पदमा मात्र निर्वाचन भएको हो । संघको अध्यक्ष, उद्योग उपाध्यक्ष र अन्य सदस्यहरुमा भने निर्विरोध भएको छ ।


यसअघि निवर्तमान अध्यक्ष मोहनप्रसाद श्रेष्ठ, वाणिज्य उपाध्यक्ष शैलेन्द्र भट्टराई र पूर्व कार्यसमिति सदस्य भुगोलप्रसाद बैंजुको बीचमा प्रतिष्पर्धा हुने चर्चा चलेको थियो । तर एकाएक व्यवसायी उद्योगीहरुले नसोचेको उम्मेदवार बन्नुभयो, पूर्व अध्यक्ष राजु महर्जन । महर्जन निविरोध अध्यक्ष हुनु भएको छ ।


वाणिज्य उपाध्यक्षमा यादव कार्की र दीपक पाण्डेय पाण्डेयको वीचमा प्रतिस्प्रर्धा भइरहेको छ ।

यस्तै क्षेत्र नं. ३ मा दुई जना सदस्यका लागि नरेन्द्र अमात्य, नित्यानन्द पोखरेल, विष्णु प्रसाद न्यौपाने चुनावी मैदानमा रहनु भएको छ । क्षेत्र नं. १० मा विदुर घिमिरे र सुरेश गोदार मैदानमा रहनुभएको छ । यि मध्ये एक जनालाई व्यवसायीले चुन्नुपर्नेछ । यस्तै क्षेत्र नं. ७ मा रफि मियाँ, सचिन विष्ट र सुरेन्द्र कर्माचार्य चुनावी मैदानमा रहनुभएको छ । यहाँ पनि दुई जना सदस्यको लागि मतदान भइरहेको छ ।


१३ वटा क्षेत्र रहेको संघका अन्य १० क्षेत्रमा भने निर्विरोध प्रतिनिधिहरु चयन भएको संघको निर्वाचन समितिले जनाएको छ । मतदान साँझ ४ बजे सकिने र परिमाण आज नै घोषणा हुने संघले जनाएको छ ।

वाणिज्य उपाध्यक्ष पदमा चुनावमा कडा प्रतिस्प्रर्धा देखिएको छ । संघको निर्वाचनमा दुवै उम्मेद्वारले आफ्नो जीत सुनिश्चित हुने प्रतिक्रिया इरानीमहललाई दिनुभएको छ । यद्यपि चुनावमा मतदाताको रोजाइमा को पर्ने भन्ने मतपरिणामले मात्र देखाउनेछ ।

प्रकाशित मिति: शनिबार, कात्तिक २३, २०७६  ०९:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update