रैनादेवी छहराका सुर्यबंशीद्वारा आत्महत्या

रानीमहल संवाददाता || २२ कार्तिक २०७६,शुक्रबार १९:५१
पाल्पा – रैनादेवी छहरा गाउँपालिका-जुठापाैवाका ४२ वर्षिय दलबहादुर सुर्यबंशीले आत्महत्या गर्नुभएकाे छ । आफ्नै गाेठमा प्लास्टिककाे डाेरी लगाएर सुर्यबंशीले आत्महत्या गरेकाे जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएकाे छ ।
सुर्यबंशीले डाेरीकाे पासाे लगाइ आत्महत्या गरेकाे देख्नासाथ छाेराले पासाे काटेपनि निजकाे मृत्यु भइसकेकाे प्रहरीले जनाएकाे छ । उक्त स्थानमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक देवराज पाैडेलकाे नेतृत्वमा पुगेकाे प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेकाे जनाएकाे छ ।
