Erani Mahal
रामपुर नगरपालिकाद्वारा अनुदानमा आलुकाे बिउ वितरण
70456101_2503183223226816_9182248575399100416_n

पाल्पा - रामपुर नगरपालिका वडा नं ६ पाल्पाले आलु उत्सव कार्यक्रम अगाडी सारेको छ । गतवर्ष किसानलाई मल र सामूहिक आलु खेतीमा प्रेरित गरेको वडा कार्यालयमा यसबर्ष आलु खेतीमा कृर्षकलाई सहुलियतमा बीउ वितरण गरेको छ ।

कृषि र पर्यटनको नारा लिएर गतबर्षदेखि कृषिलाई प्राथमिकता दिएको वडाले ५० प्रतिशत अनुदानमा किसानलाई ९० बोरा उन्नत आलुको बिउ बितरण गरेको हो । आलु पकेट क्षेत्रका रुपमा वडा नम्बर ६ लाई विकास गर्न करिब १ सय ५० रोपनी क्षेत्रफलमा लगाउने गरि आलुको वीउ वितरण गरेको वडा अध्यक्ष हुमनाथ न्यौपानेले बताउनुभयो ।

एक वडा एक उत्पादन सरकारको अभियान नै छ नगरपालिकाले यसलाई प्राथमिकतामा राखेको छ वडाध्यक्ष न्यौपानेले भन्नुभयो–आगामी बर्ष आलु खेतीको क्षेत्रफल बढाउने गरि अहिले आलुखेतीमा किसानलाई प्रोत्साहन दिएका छौ ।

वडामा रहेका कृषि समुह र व्यक्तिगत रुपमा किसानलाई बिउ वितरण गरेको हो । किसानले कम्तिमा १ रोपनी क्षेत्रफल र समुहलाई सामुहिक खेती गर्न बिउ दिइएको छ । नदी किनारा आयआर्जन महिला कृषक समुह, कंडेलवारी कृषक समुह, तालपोखरा कृषक समुह, जनजागृती कृषक समुह, मिलिजुली कृषक समुह, राधाकृष्ण कृषक समुहलाई जम्मा ११ क्वीन्टल र ६८ किसानलाई ५०-५० किलोका दरले ५० प्रतिशत अनुदानमा जनकदेव आलुको वीउ वितरण गरिएको हो ।

आलुको उत्पादन बढाएर आलु हबका रुपमा चिनाउन यो वडाको अभियान सार्थक बन्ने रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताउनुभयो । विषादी युक्त तरकारी भित्रिएको अबस्थामा किसान आलु खेतीमा पे्ररित हुन गौरब लागेको बताउदै थापाले यही उत्पादनलाई जोड दिन बाहिरबाट आउने तरकारीलाई निरुत्साहित गर्ने अभियानमा नगरपालिका लागि परेको बताउनुभयो ।

आलुको बोरा बुझ्दै नगरपालिकाका सल्लाहाकार समेत रहनुभएका लेखनाथ पोखरेलले किसानको मागलाई मध्यनजर गर्दै किसानलाई आलु वितरण गर्नु निकै राम्रो भएको बताउनुभयो । विजयपुर कृषि सहकारी संस्थाको सहकार्यमा वीउ अनुदानमा वितरण गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update