Erani Mahal
पूर्वखाेलाका किसानलाई धान स्याहार्ने चटाराे
74471410_1415972925207987_3526274308722655232_n

पाल्पा - देशै भरि धान भित्र्याउने माचो चलिरहेको छ । त्यस्तै गाउँघरमा पनि धान काट्ने र भित्र्याउने माचो रहेकै छ । पूर्वखोला गाउँपालिका भित्रका बिभिन्न वडाहरूमा पनि यतिबेला धान काट्ने र उठाउने माचो नै रहेको छ ।

पूर्वखोला गाउँपालिकाको पूर्वखोला फाँट, लाभे फाँट, चेभुङ फाँट, लाम्दी फाँट लगायत ठाउँमा धान उत्पादान राम्रो हुने गर्दछ ।

याे वर्ष पूर्वखाेलाका किसानहरुले लगाएको धान खेतीमा रोग नलागेको र उब्जाउ पनि राम्रो भएको छ । पूर्वखोला गाउँपालिका भरिमा हाइब्रेड जातका तथा स्थानीय जातका साबित्री झिनिया, छोटे लगायतका धान बिउ रोपिएकाे छ ।

पूर्वखोलामा कतै थ्रेसर लगायर धान भित्र्याउने गरेता पनि अधिकाश भूभागमा भने प्रम्परागत शैली अपनाएर धान भित्र्याइएकाे छ । पाल्पाकाे पूर्वखाेला पनि एक धान उत्पादन हुने क्षेत्र हाे । जिल्लाकाे अन्य फाँटहरूमा समेत यतिबेला किसानलाइ वर्षभरि खाने धान स्याहार्ने माचाे छ ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १८:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update