Erani Mahal
निस्दीकाे दुर्गम गाउँ लामेदमारमा नयाँ भवनमा स्वास्थ्य ईकाइ संचालन
75412067_1141511186045540_7340196862319656960_n

पाल्पा - निस्दी गाउँपालिका वडा नम्बर ४ मित्याल लामेदमारमा सामुदायिक स्वास्थ इकाइको शुभरम्भ तथा भवन उद्घाटन गरिएकाे छ । मित्याल स्वास्थ चौकी व्यवस्थापन समितिका अध्यक्ष न्यो बहादुर सुनारीको अध्यक्षतामा भएको लामेदमार सामुदायिक स्वास्थ इकाइको उद्घाटन प्रमुख अतिथि संघीय सांसद तथा नेकपाका केन्द्रिय सदस्य दल बहादुर रानाले गर्नुभयो।

भवनकाे उद्घाटन गर्नुहुँदै साँसद रानाले नेपाल सरकारले गाँसबास र कपासको ग्यारेन्टी गर्दैगर्दा अबदेखि यहाँका कुनैपनि नागरिक स्वास्थ उपचारबाट पनि बन्चित हुन नपर्ने बताउनुभयो ।

कार्यक्रममा संविधान सभा सदस्य तथा नेकपा ५ नम्बर प्रदेश सदस्य राधाकृष्ण कंडेलले नेपाल धर्म निरपेक्ष रास्ट्र भएकोले सबै धर्मप्रति आस्था राख्नेहरुले स्वास्थ उपचार गर्न पाउनुपर्ने र गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ चौकी व्यवस्थापन समितिका सदस्य हेमकुमारी सुनारीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा निस्दी गाउँपालिका उपाध्यक्ष रिता कुमारी अर्यालले शुभकामना मन्तव्य राख्नुभएको थियोे ।

कार्यक्रममा स्वास्थ इकाइको भवन निर्माणको लागि ४ आना जग्गा दान गर्नुहुने निस्दी ४ लामेदमारका सहाबीर सुनारीलाई सम्मान गरेको थियो । कार्यक्रको संचालन मित्याल स्वास्थ चौकीका प्रमुख पुर बहादुर सारुले गर्नुभएको थियोे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update