Erani Mahal
भारतीय हस्तक्षेप विरुद्ध नेविसंघ पाल्पाको विरोध
nne

पाल्पा– भारतले आफ्नो नक्सामा नेपाली भूभाग समेटेको विरोधमा नेपाल विद्यार्थीसंघ त्रिभुवन बहुमुखी क्याम्पस इकाईले आज विरोध कार्यक्रम गरेको छ ।


इकाई कार्यवहाक सभापति सुवास गैरेको नेतृत्वमा विद्यार्थीहरुले आन्दोलन चोकमा विरोध जुलस निकालेका हुन् । विरोध सभामा विद्यार्थीहरुले लिपुलेक, कालापानी, लिम्फियाधुरा लगायतका मिचिएका सीमाहरु तत्कालन फिर्ता गर्न माग गरेको छन् । उनीहरुले भारतीय विस्तारवादी नीतिका कारण नेपाली भूमिहरु मिचिएको भन्दै त्यसको शसक्त प्रतिकार गर्ने बताए ।


सरकारले कुटनीतिक पहल गरेर तत्काल मिचिएका सीमा नाकाहरु फिर्ता गरी राष्ट्रियता, स्वाधिनता र जनजीविकाका काममा लाग्न माग समेत नेविसंघले गरेको छ ।
कार्यक्रममा स्ववियू सभापति हरिबोल भट्टराई, इकाई सभापति सुवास गैरे लगायतका नेताहरुले भारतीय हस्तक्षेपको विरुद्धमा आफ्नो भनाई राख्नुभएको थियो ।


उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै भारतीय हस्ताक्षप बन्द गरी भारतीय सेना फिर्ता गर्नुपर्ने बताउनुभयो ।

विद्यार्थीले भारतीय विस्तारवाद मूर्दावाद, लिपुलेक कालापानी र सुस्ता लगायतका अतिक्रमण फिर्ता गर, भारतीय सेना कालापानी छोड लगायतका नारा लगाउँदै भारतको विरोध गरेका थिए । उनीहरुले राष्ट्रियताको सवालमा सबै नेपालीहरु एकजुट हुनुपर्ने बताएका छन् ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  १७:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update