Erani Mahal
तानसेनमा अखिल छैठाैंद्वारा भारतीय हस्तक्षेपकाे बिराेध
kalapani-1000x642

पाल्पा - राष्ट्रिय जनमाेर्चा निकट विद्यार्थी संगठन अखिल(छैठौं) ले नेपाली भूभागलाइ भारतकाे भनेर नक्सा प्रकाशन गरेकाे भन्दै बिराेध गरेकाे छ । नेपाली भू–भागमाथि भारतले अतिक्रमण गर्ने उद्धेश्यका साथ नक्सा ल्याएकाे भन्दै छैठाैंले तानसेनमा बिराेध प्रदर्शन गरेकाे हाे ।

कालापानी, लिपुलेक लगायत नेपाली भू –भागलाई भारतीय क्षेत्रका रुपमा चित्रित गरी भारतले हालै नक्सा प्रकाशित गरेको थियाे । उक्त नयाँ राजनीतिक नक्साप्रति विद्यार्थी संगठनहरुले आपत्ति प्रकट गर्दैछन् ।

विरोध कार्यक्रमलाई सम्बोधन गर्दै अखिल नेपाल युवक संघका केन्द्रिय अध्यक्ष अनिल किशोर घिमिरेले राष्ट्रियता संरक्षणमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयाे । भारत सरकारले देशको सिमा पटक पटक मिचिरहेको अवस्थामा सरकार मौन बस्न नहुने धारणा व्यक्त गर्नुभयाे ।

छैठौका केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष पुरन पोखरेलले राष्ट्रियता रक्षाका निम्ति सबै नेपाली एक जुट हुनुपर्ने घारणा राख्नुभयाे । उहाँले कालापानी, लिपुलेक, लिम्पियाधुरा नेपाली भूमि भएको भन्दै भारतीय हस्ताक्षप बन्द गरी भारतीय सेना फिर्ता गर्नुपर्ने बताउनुभयाे ।

कार्यक्रममा जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी लगायतका जिल्लाका नेताहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन संगठनका जिल्ला उपाध्यक्ष विमला सापकोटाले गर्नुभएकाे थियाे ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक २२, २०७६  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update