Erani Mahal
तिनाउ गाउँपालिकाद्वारा कात्तिक २६ गते स्थानीय बिदा दिने निर्णय
75303410_2401594860079137_4868354080080134144_n

पाल्पा - तिनाउ गाउँपालिकाले आगामी कात्तिक २६ गते स्थानीय विदा दिने निर्णय गरेकाे छ । गाउँपालिकामा बसेकाे कार्यपालिकाकाे बैठकले सत्यवती तालमा कात्तिक २६ गते विशेष मेला लाग्ने भएकाले स्थानीय बिदा दिने निर्णय गरेकाे हाे ।

तिनाउ गाउँपालिका -४, काेलडाँडामा रहेकाे सत्यवती तालमा कात्तिक पूर्णिमाका दिन चिच्याएर वर माग्ने मेला लाग्ने गर्दछ । सत्यवती मन्दिरमा २६ गते विशेष याेग पूजा हुने भएकाले उक्त दिन विदा गरिएकाे गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगर र प्रमुख प्रशासकीय अधिकृत ज्ञानुप्रसाद पनेरूले हस्ताक्षर गर्नुभएकाे सूचनामा उल्लेख गरिएकाे छ ।

सत्यवती तालमा याे वर्ष विशेष जाेग परेकाले कात्तिक २४, २५ र २६ गते विशेष मेला लाग्ने आयाेजकले जनाएकाे छ । सत्यवती बज्यै बहिरी भएकीले चिच्याएर वर माग्ने मेला यहाँ परम्परादेखि नै लाग्ने गरेकाे छ ।

प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update