Erani Mahal
आर्थिक गणना–२०७५ को नतिजा सार्वजनिक
75513595_565113997628046_6093043955627196416_n

पाल्पा – तथ्याङ्क कार्यालय पाल्पाले आर्थिक गणना–२०७५ को नतिजा सार्वजनिक गरेको छ । जिल्लास्थित विभिन्न सरकारी तथा गैरसकारी कार्यालय, सङ्घसंस्थाका प्रमुख एवं प्रतिनिधिहरूको सहभागितामा बुधबार तथ्याङ्क कार्यालयले आर्थिक नतिजा सार्वजनिक गरेको हो ।


कार्यालयका तथ्याङ्क अधिकृत लेखनाथ पाण्डेले २०७५ बैशाख र जेठ महिनामा देशभरका विभिन्न प्रतिष्ठानहरूबाट लिइ्रएको आर्थिक गणना प्रस्तुत गर्नुभयो । पाण्डेले देशभर दर्ता भएका र नभएका प्रतिष्ठानको सङख्या र ती प्रतिष्ठानमा काम गर्ने जनशक्तिको बारेमा जानकारी दिनुभयो । कार्यक्रममा सुपरीवेक्षक राजन पहारीले ५ नं. प्रदेश भरि र पाल्पा जिल्लामा रहेका प्रतिष्ठान र काम गर्ने जनशक्तिका बारेमा जानकारी दिनुभयो ।


आर्थिक गणना १७ क्षेत्रमा विभाजन गरी लिइएको थियो । जसमध्ये सबैभन्दा धेरै कृषि, पशुपालन र मस्य पालनमा जनशक्ति सक्रिय रहेको पाइएको थियो । त्यसपछि उद्योगधन्दा, शिक्षा, व्यापार क्षेत्रका प्रतिष्ठानमा जनशक्ति क्रियाशिल रहेका थिए । तथ्याङ्क कार्यालयका अनुसार सबैभन्दा युवा जनशक्ति नै आर्थिक क्रियाकलापमा संलग्न रहेका छन् ।


कार्यक्रममाा जिल्ला समन्वय समिति पाल्पाकी उपप्रमुख मीरा मरासिनीले तथ्याङ्लाई स्थानीय तहसम्म पु¥याउनुपर्ने धारणा राख्नुभयो । प्रमुख जिल्ला अधिकारी उमेशकुमारी ढकालले विभिन्न क्षेत्रबाट प्राप्त आर्थिक तथ्याङ्क नीति निर्माण गर्ने तहका लागि उपयुक्त सामग्री हुने बताउनुभयो । उहाँले तथ्याङ्कलाई स्थानीय तहसम्म पु¥याएर सबै सचेत हुने वातावरण मिलाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रम प्रजिअ ढकालको अध्यक्षता, तथ्यांक् कार्यालयका नासु अम्विका अर्यालकाे स्वागत र तथ्याङ्क कार्यालय पाल्पाका सुपरीवेक्षक रामचन्द्र वाग्लेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: बुधबार, कात्तिक २०, २०७६  १६:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update