Erani Mahal
पाल्पामा घुम्न आउने आन्तरिक र बाह्य पर्यटककाे संख्यामा बृद्धि
74382535_947060162338771_1090932550861324288_n

पाल्पा - पाल्पाका ऐतिहासिक सम्पदाहरूको अवलोकनका गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको सङ्ख्यामा बृद्धि भएको छ । जाडोयाम सुरु भएसँगै स्वदेशी र विदेशी पर्यटक समेत पाल्पाको विभिन्न स्थानमा रहेको ऐतिहासिक एवं पर्यटकीय स्थलहरूको अवलोकनका लागि आउने क्रम बढेको हो ।


सेनकालिन र राणकालिन ऐतिहासिक सम्पदाहरू पाल्पा दरबार, नारायणस्थान, मूलढोका, भैरवस्थान, रानीमहल घुम्न आउने पर्यटकहरूको सङ्ख्या दिनप्रतिदिन बढेको छ । दशैँतिहारको बिदामा घुम्न आउने विद्यार्थी तथा विभिन्न कार्यालयका स्वदेश पर्यटकहरूको सङ्ख्यामा बृद्धि भएको स्थानीय बासिन्दाले बताएका छन् ।

पाल्पा दरबार संग्राहलयमा राखिएकाे मगर समुदायकाे परम्परागत संस्कृति झल्कने एतिहासिक सामग्री ।


पाल्पा दरबारमा स्थापना गरिएको सङ्ग्राहलयमा आगन्तुकको घुँइचो लागेको छ । दरबार सङ्ग्राहलयको अवलोकनका लागि दैनिक पाँच सय अवलोकनकर्ताहरू आउने गरेको कर्मचारी बताउँछन् ।

दरबार सङ्ग्राहलयमा पुराना ऐतिहासिक बस्तु, कला, संस्कृति झल्कने बस्तु राखिएको छ । यस्तै पाल्पाको रानीमहलमा घुम्न आउने आन्तरिक र बाह्य पर्यटकको सङ्ख्यामा समेत उल्लेख्य मात्रामा बृद्धि भएको तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले बताउनुभयो ।

पाल्पा दरबार संग्राहलयमा राखिएका परम्परागत माटाका सामग्री । फाइल तस्विर : इरानीमहल ।


रानीमहलको रेखदेख र संरक्षणको जिम्मा नगरपालिकाले पाएपछि दरबारका विभिन्न संरचना सिंगार्ने, बगैचा बनाउने कार्य भईरहेको छ । रानीमहलको सुन्दरता बढ्दैँ जादा दैनिक एक हजार आन्तरिक र बाह्य पर्यटक समेत बढेको नगरप्रमुख शाहीको भनाई छ ।


भगवान गौतम बुद्धको जन्मथलो लुम्विनी भ्रमण आएका विदेशी पर्यटकहरू समेत पाल्पामा आउने गरेका छन् । बाइसे–चौविसे राज्यका बेला बनेका ऐतिहासिक र कलात्मक स्थलहरू पर्यटकका लागि आकर्षक बनेको छ ।


तानसेनको श्रीनगर डाँडामा बनेको करुवा भ्यु टावरबाट समेत जिल्लाका विभिन्न स्थान, तराई र हिमालका दृश्य अवलोकन गर्न आउने मानिस समेत बढेका छन् । श्रीनगर डाँडामा तराईका जिल्लाबाट वनभोज खान आउने मानिस समेत बढेका स्थानीय बासिन्दाले बताएका छन् ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १९:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update