Erani Mahal
उद्याेग वाणिज्य संघकाे अध्यक्षमा महर्जनकाे मात्र उम्मेदवारी, ढुंगानाकाे उम्मेद्वारी फिर्ता
re

पाल्पा – पाल्पा उद्योग वाणिज्य सङ्घको आगामी तीन वर्षको नेतृत्वका लागि संघका पूर्वअध्यक्ष राजु महर्जन निर्बिरोध हुने पक्का भएको छ ।

अध्यक्षका दावेदार निवर्तमान कार्यसमिति सदस्य दिपक ढुंगानाले अध्यक्षको उम्मेद्वारी फिर्ता लिएपछि महर्जन निर्बिरोध अध्यक्ष बन्ने पकका भएको छ । महर्जन यसअघि पनि संघको अध्यक्ष बन्नुभएको थियो ।

तस्बिर : महर्जनकाे फेसबुक पेजबाट ।


संस्थालाई सहमतीय रुपमा अगाडि बढाउनका लागि आफूले उम्मेदवारी फिर्ता लिएको ढुंगानाले जानकारी दिनुभयो । यस्तै वाणिज्य उपाध्यक्षमा दिपक पाण्डेय र यादवसिंह कार्कीको उम्मेदवारी परेको छ । वाणिज्य उपाध्यक्षका उम्मेदवार रामप्रसाद श्रेष्ठले उम्मेदवारी फिर्ता लिनुभएको छ । पाण्डेय यसअघि उपाध्यक्ष रहनुभएको थियो भने कार्की महासचिव हुनुभएको थियो ।

उद्योग उपाध्यक्षमा भने भीमबहादुर श्रेष्ठको एकल उम्मेदवारी परेको छ । उद्योग उपाध्यक्षका लागि उम्मेदवारी दिनुभएका उत्तमकुमार बज्राचार्य र प्रकाश कार्कीले उम्मेदवारी फिर्ता लिनुभएको छ ।

महासंघको सबै पदमा सहमतिबाट नेतृत्व चयन गर्न उम्मेदवारी फिर्ता लिन छलफल भइरहेकाे छ । स्रोतका अनुसार वाणिज्य उपाध्यक्ष र केही सदस्यका लागि भने निर्वाचन हुने सम्भावना रहेको छ । उद्योग वाणिज्य संघमा नेपाली कांग्रेस निकट व्यवसायीहरुको बर्चश्व छ ।

प्रकाशित मिति: मंगलबार, कात्तिक १९, २०७६  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update