Erani Mahal
तानसेन नगरपालिकाद्वारा नीजि क्षेत्रसँग सहकार्य गर्न ठूला ८ याेजनामा प्रस्ताव माग
palpanepal

पाल्पा – तानसेनकाे विकासका लागि निजी क्षेत्रसंग साझेदारी गरेर अगाडि बढ्न तानसेन नगरपालिकाले याेजना अघि सारेकाे छ । सार्वजनिक निजी साझेदारी गरेर तानसेनकाे विकास गर्न सकिने विस्वास सहित नगरपालिकाले विभिन्न ८ वटा याेजनामा नीजि क्षेत्रकाे आशयपत्र माग गरेकाे छ ।

तानसेनका विभिन्न आठ वटा ठूला योजनाहरुको निर्माण सञ्चालन तथा व्यवस्थापनका लागि निजी क्षेत्रसंग साझेदारी गर्न लागेको नगरपालिकाका प्रमुख अशाेककुमार शाहीले बताउनुभयाे । ठूला परियोजनाहरुको निर्माणका लागि स्थानीय सरकारहरु संग बजेट अभाव हुने भएकोले निजी क्षेत्रसंगको सहकार्यमा तानसेन नगरपालिकाले यस्ता परियोजना अगाडि बढाइएको उहाँले बताउनुभयाे ।

नगरकाे विकासमा नीजि क्षेत्रलाइ सहभागी र साझेदारी गर्न आशयपत्र आह्वान समेत गरएकाे छ । नगरपालिकाले नीजि क्षेत्रसँग सहकार्य गर्न २०७६ कात्तिक १ गते ३० दिनकाे म्याद राखेर सूचना प्रकाशित गरेर प्रस्ताव माग गरेका याेजनाहरू निम्न बमाेजिम छन् :-

१. हाईवे रिफ्रेसमेण्ट निर्माण, सञ्चालन तथा व्यवस्थापन योजना, (Highway refreshment center)ता.न.पा. क्षेत्र भित्र सिद्धार्थ राजमार्ग खण्ड र तानसेन तम्घास सडक खण्डको उपयुक्त क्षेत्र २. फाेहोरमैला व्यवस्थापन, तानसेन नगरपालिका मुख्य बजार तथा आवासीय क्षेत्र
३. श्रीनगर सौन्दर्यकरण, सञ्चालन तथा व्यवस्थापन आयोजना, श्रीनगर क्षेत्र
४. वातावरण मैत्री बसपार्क, बनदेवी क्षेत्र, तानसेन न.पा.वडा नं.५
५. रानीमहल सञ्चालन तथा व्यवस्थापन, रानीमहल क्षेत्रको गुरु योजना बमोजिम
६. नगर यातायात सेवा संचालन, तानसेन चक्रपथ, तानसेन देखि रानीमहल, र अन्य गन्तब्यहरुमा
७. बुद्धमूर्ति स्थापनाद्वारा पर्यटन प्रवर्धन तथा विकास योजना (BIG Buddha), श्रीनगर, तानसेन न.पा.वडा नं. ३
८. कोकलदेवी क्षेत्र विकास, सञ्चालन तथा व्यवस्थापन, तानसेन ८, कोकलछाँप पाल्पा

विस्तृत सूचना तल हेर्नुहाेस्

प्रकाशित मिति: सोमबार, कात्तिक १८, २०७६  २०:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update